२५ माघ काठमाडौ । काम गरिरहेको ठेकेदारलाई भुक्तानी रोकेर भगाउँदै आएको खानेपानी मन्त्रालयले मेलम्ची ठेक्का रद्ध गरेको छ । यो निर्णयबाट १७ प्रतिशत काम पूरा भएको मेलम्ची योजना कम्तीमा तीन वर्ष पर धकेलीने छ ।
खानेपानी सचिव गजेन्द्र ठाकुरको अध्यक्षतामा बिहीबार बसेको मेलम्ची खानेपानी विकास समिति बैठकले ठेक्का रद्ध गर्ने निर्णय गरेको हो । खानपानी मन्त्री बिना मगरले मेलम्ची ठेकेदार सीएमसीसित वार्ता गर्न उपकार्यकारी निर्देशक भोजविक्रम थापा र आफ्ना स्वकीय सचिव विजय भट्टराइसहित चारजनाको टोली थाइल्यान्डमा पठाएकी थिइन् । वार्ता गर्न थाइल्यान्ड पठाए पनि उनीहरुले सिंगापुरमा गएर वार्ता गरेका थिए । यता मन्त्रालयले सिंगापुरमा वार्ता जारी रहेकै बेला ठेक्का रद्ध गरेको हो । आजको अन्नपुर्ण पोस्ट दैनिक राजन गाउँले बाट ।
वि.सं.२०७५ माघ २५ शुक्रवार ०७:४७ मा प्रकाशित