२५ माघ काठमाडौ । सरकारले मेची महाकाली विद्युतीय रेलमार्गमा पुरै जग्गा परेका जग्गाधनीलाई ७५ प्रतिशत क्षतिपूर्ती उपलब्ध गराउने निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले २१ माघमा सरकारले निर्णय सार्वजनिक गर्दै रेलमार्गमा जग्गा परेका जग्गाधनीलाई क्षतिपूर्ती दिने निर्णय गरिएको बताए ।
बैठकले रेलमार्गमा पुरै जग्गा परेका जग्गाधनीलाई ७५ प्रतिशत, सोभन्दा कम जग्गा परेकालाई ६६ प्रतिशत र घर, टहरा, पर्खाल आदिका हकमा जिल्लाको दररेटअनुसार क्षतिपूर्ती उपलब्ध गराउन स्वीकृत प्रदान गरिएको मन्त्री बाँस्कोटाले बताए । आजको राजधानी दैनिक प्रशान्त वली बाट ।