२५ माघ काठमाडौ । सरकारी अनुदानमा मल कारोबार गर्ने कृषि सामाग्री कम्पनीले मलमा चलखेल गरेको समाचार ािर्वजनिक भइसकेको छ । विभागीय मन्त्रालयले भने कम्पनीलाई कारबाही गर्नुको साटो उन्मुक्ति दिन चलखेल गरेको छ ।
प्रधानमज्त्री कृषि आधुनिकीकरण परियोजनाबाट रासायानिक मलका लागि प्राप्त गरेको २५ करोड रुपैयाँ बराबरको युरिया र डीएपी मल किसानसम्म नपुगेको विषयमा कृषि सामाग्रीलाई उन्मुक्ति दिन लागेको हो । कृषि सामाग्रीमाथि उक्त रुपैयाँ बराबरको मल वितरण नै नगरी आर्थिक अनियमितता गरेको आरोप छ । आजको अन्नपुर्ण पोस्ट दैनिक राजेश बर्मा बाट ।