२५ माघ विराटनगर । गाउँ ठाउँलाई मौलीक चिनारी दिन पुर्वका गाउँ नगरले उपाय लगाएका छन् । गाउँका घरहरुमा एकैखाले रङ लगाउने अभियान छ । स्थानीय उत्पादनलार्य प्रथिनिधित्व गर्ने रङ खोजिएको छ । केही स्थानमा सिंगो गाउँलाई एकै रङमा सजाउन स्थानिय तहले रकम सहयोग गरेका छन् ।
सोलखुम्बुको खुम्बुपासाङयामु गाउँपालिका ४ मा पर्ने खुम्जुङ हरित उपत्यका हो । नाम्चेभन्दा माथि ३ हजार ८ सय मिटर उचाइमा रहेको खुम्जुङलाई स्थानीय युवा क्लबले बाह्र वर्षदेखि ग्रिनभ्याली बनाउँदै छ, छिमेकी खुन्दे गाउँसमेत जोडेर । पर्यटक र पर्यावरण दुवैलाई आकर्षण गर्ने यसको उद्धेश्य हो । आजको कान्तिपुर दैनिक बाट ।