२५ माघ, काठमाडौं । सरकारले रेमिट्यान्स औपचारिक च्यानलबाटै भित्राउने तयारीमा लागेको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४÷७५ मा सात खर्ब रेमिट्यान्स भित्रिएको थियो । त्यसको थप ६० प्रति अनौपचारिक माध्यमबाट आउने अनुमान छ । सरकारले अनौपचारिक माध्यमबाट आउने रेमिट्यान्स बैकिङ च्यानलबाट ल्याउने र उत्पादनमा आकर्षित गर्ने अभियान चलाउने तयारी गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दाहालको संयोजकत्वमका औपचारिक माध्यमबाट विप्रेषण भित्राइ उत्पादनमुलक क्षेत्रमा उपयोग गर्ने विषयमा सुझाव पेश गर्न गठित कार्य दलले बिहीबार श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई प्रतिवेदन बुझाएको छ ।
वि.सं.२०७५ माघ २५ शुक्रवार ०८:२१ मा प्रकाशित