२५ माघ काठमाडौ । सरकारले विद्यालयलाई शान्तिक्षेत्र घोषण गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
राजनितिक मुद्धा उठाएर विद्यार्थी संघ संगठनले हडताल गर्दा विद्यालय शान्ती क्षेत्र घोषणा कार्यान्वयन अलपत्र परेको हो । आफ्नो पार्टी सरकारमा हुँदा ती पार्टीनिकट विद्यार्थि संघसंगठनले पटकपटक विद्यालयमा आन्दोलन गर्दै आएका छन् ।
विद्यार्थी संगठनको हडतालका कारण ७३ लाख ९१ ह्जार ५७४ विद्यार्थी बिहीबार विद्यालय जानबाट बन्चीत भए । सरकारले २०६८ साल जेठ ११ मा विद्यालयलाई शान्ती क्षेत्रका रुपमा घोषणा गरेको थियो । आफ्ना एजेन्डा स्थापित गर्न त्यस्ता संगठनले शैक्षिक संस्थामा पटकपटक हडताल गर्दा विद्यार्थीको शिक्षण कार्य प्रभावित हुँदै आएको छ । शुक्रबारको राजधानी दैनिकमा प्रशान्त वली बाट ।