back
CTIZAN AD

आफूलाई नसोधि किन जन्माएको भन्दै आमाबाबुविरुद्ध मुद्दा !

वि.सं.२०७५ माघ २५ शुक्रवार

696 

shares

२५ माघ, काठमाण्डौं । ‘मलाई यस धर्तिमा आँखा खोल्ने मौका दिनुभएकोमा आमा बुबालाई धन्यवाद !’ भन्ने धेरै छोराहरु छन् यो संसारमा । तर, एक छोराले भने आफ्ना आमाबाबु विरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन् । त्यो पनि के कारण होला पाठकबृन्द जान्नका लागि तपाइ उत्सुक बन्नुहुन्छ ।

कहिले काँही रिसका बेला म किन जन्मिए हुँला, आमा बाबाले मलाई किन जन्माए होलान् भन्ने केही छोरा छोरी पनि छन् समाजमा । तर, मलाई किन जन्माएको रु मैले बाँच्नका लागि यति संघर्ष गर्नु परेको छ, यसको क्षतिपुर्ति कसले तिर्छ रु भन्दै आमा बाबुलाई मुद्दा हाल्न खोज्ने छोरा पनि भेटिएका छन् । उनी टाढाका होइनन्, पाठकबृन्द हाम्रै छिमेकी देश भारतका २७ वर्षीय व्यवसायी राफेल सामुयल हुन् । उनले जीवनभर आफूले दुःख झेल्नुपर्ने भएकाले बच्चा जन्माउनु गलत भएको बताएका छन् । तर, उनी कुनै पनि व्यक्ति जन्मनु अघि सहमति लिन नसकिने पनि स्वीकार्छन् ।

सामुयल ‘आफू जन्मनका लागि कसैले पनि निर्णय नलिने’ दावी गर्छन् । उनी अनुमति विना आफूलाई जन्माएको भन्दै बाबु आमासँग रुष्ट छन् । ‘हामीले आफूलाई जन्माउनका लागि कसैसँग आग्रह नगरेकाले बाँकी जीवन बाँच्नका लागि क्षतिपूर्तिस्वरुप केही रकम दिनुपर्छ’ उनले भने ।

सामुयलले आफ्ना आमाबाबुलाइ निकै माया गर्ने तर, उनीहरुले आफ्नो स्वार्थका लागि आफूलाई जन्माएको उनको दावी छ ।

उनका आमाबाबु दुवै वकिल हुन् । उनले आफ्नो व्यवसायमा संलग्न भएको र जीवनयापन सहज रुपमा चलिरहेको बताएका छन् । ‘तर, बच्चा जन्माउनु भनेको दासता हो,’ उनले भने, ‘ म एक जीवनलाई किन विद्यालय, अध्ययन, व्यापार, काम, करिअर, आदिको झमेलामा फसाउँ रु’ उनी भन्छन् ।

उनकी आमा कभिता कर्नाड सामुयलले विज्ञप्तिमार्फत् छोराको असहमतिप्रति प्रतिक्रिया जनाएकीछन् । ‘आफ्ना वकिल आमाबाबुलाई अदालतमा लैजाने मेरो छोराको निर्णयको म प्रशंसा गर्छु । यदि उसलाई जन्माउनु पूर्वसहमति लिन सम्भव थियो भने तर्कसंगत व्याख्यासहित आए म गल्ति स्विकार्न तयार छु ।’ एजेन्सीलाई उद्धृत गर्दै शुक्रबारको कान्तिपुरले लेखेको छ ।

वि.सं.२०७५ माघ २५ शुक्रवार ०९:१३ मा प्रकाशित

एन आई सी एशिया बैंकद्वारा बर्दगोरिया, कैलालीस्थित सहारा घरलाई आवश्यक सामग्री सहयोग

एन आई सी एशिया बैंकद्वारा बर्दगोरिया, कैलालीस्थित सहारा घरलाई आवश्यक सामग्री सहयोग

काठमाडाैँ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक...

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ । तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा...

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौँ । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति...

आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते

आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली (नुवाकोट) । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने...

सरकारको ‘शून्य बाँकी फाइल अभियान’, चैत ३० देखि आगामी वैशाख ७ सम्म मनाइँदै

सरकारको ‘शून्य बाँकी फाइल अभियान’, चैत ३० देखि आगामी वैशाख ७ सम्म मनाइँदै

काठमाडौँ । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०...

सबै विमानस्थलमा चौबिस घण्टाभित्र स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

सबै विमानस्थलमा चौबिस घण्टाभित्र स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र...