Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

गाउँपालिकाको सह्रानिय कार्य, कृषिमा ३३ प्रतिशत बजेट



 

२५ माघ, कालिकोट । सुख्खाग्रस्त पलाँता गाउँपालिकाले खाद्यान्नमा आत्मनिर्भर बन्न कूल बजेटको ३३ प्रतिशत कृषि क्षेत्रमा विनियोजन गरेको छ । मंगलबार सम्पन्न दोस्रो गाउँसभाले यस्तो निर्णय गरेर सह्रानिय कार्यको थालनी गरेको छ ।

पलाँताको कुल बजेट १८ करोड छ । यसमध्ये करिब ६ करोड कृषिमा छुट्याइएको गाउँपालिका अध्यक्ष लक्ष्मण बमले जानकारी दिए । ‘बर्सेनी भोकमरीमा पर्ने पलाँतालाई त्यसबाट मुक्त गर्न हामीले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘ त्यसैले बजेट पनि प्रर्याप्त बिनियोजन गरेका छौं । ’

पानी कम पर्ने सुक्खा क्षेत्रका रुपमा परिचित पलाँताको कृषि क्षेत्रमा विभिन्न योजना र कार्यक्रम तय गरिएका छन् । अध्यक्ष बमले पलाँतामा सिँचाइ, कुलो, थोपा सिँचाइ, उन्नत बिउबिजन, कृषि औजार, कृषक तालिम लगायतमा बजेट खर्च हुने जनाएका छन् ।
पलाँतामा स्थानीय उत्पादनले ६ महिना पनि खान पुग्दैन् । त्यसैले यहाँका मान्छे बेसाहा गरेर जीविकोपार्जन गर्न बाध्य छन् ।

गाउँपालिकाले तय गरेको कृषि नीतिमा जग्गा नभएका विपन्न कृषकलाई ८० हजारका दरले भैसी पालन अनुदान दिइने उल्लेख छ । त्यस्तै फलफूल खेती गर्ने कृषकलाई सय बिरुवा भन्दा बढी रोपेमा दुई वर्ष सम्म प्रतिविरुवा सय रुपैयाँका दरले विरुवा हुर्काउनका लागि अनुदान दिनुका साथै बाख्रापालनका लागि ४० हजारका दरले सहयोग गरिनेछ । शुक्रबारको कान्तिपुरमा कालिकोटबाट तुलाराम पाण्डेले लेखेका छन् ।
कृषिमा मात्रै २ खरब भन्दा बढी व्यापार घाटा राज्यले बेहोरिएको बेला उत्पादनमा लागेका जनताहरु आफ्नो उत्पादनले बजार नपाएर बारीभरी फलेका तरकारीमा डोजर लगाउनु परेको दर्दनाक अबस्था दैनिक आइरहे पनि राज्यको त्यताप्रति ध्यान खासै गएको देखिदैंन ।

केन्द्र सरकारले कृषिमा २ प्रतिशत पनि बजेट नदिएर उदासीनता देखाएको बेला कालिकोटको पलाँता गाउँपालिका (गाउँ सरकार)ले विनियोज भएको बजेटको ३३ प्रतिशत (झण्डै ६ करोड रुपैयाँ) कृषिमा लगानी गर्ने मात्र नभएर कृषि उत्पादनका लागि बनाएको  यस्तो निर्णयको सबैले सह्राना गर्नैपर्छ ।

यसरी नै सबै गाउँपालिकाले कृषिमा योजना बनाएर बजेट बिनियोज गर्दै जाने हो भने ४० हजार कमाउनकै लागि खाडीको मरभूमिमा युवाले पसिना बगाउनुपर्ने थिएन । आफ्नै माटो खोस्रेर सुन फलाउनतिर लाग्ने थिए युवा ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय