Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको ४० प्रतिशत काम



२५ माघ, चौतारा । प्राकृतिक प्रकोपको मारमा परेर करीब पाँच वर्षदेखि बन्द रहेको ४५ मेगावाट क्षमताको माथिल्लो भोेटेकोशी जलविद्युत् आयोजनाको अहिलेसम्म ४० प्रतिशत काम भएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीमा निजी क्षेत्रबाट निर्माण भएको सो आयोजनाबाट झण्डै पाँच वर्षदेखि उत्पादन बन्द भएपछि कम्पनीका साथै राष्ट्रलेसमेत घाटा व्यहोर्दै आएको छ ।

विसं २०७१ साउन १७ गतेको जुरे पहिराले प्रशारण लाइनको टावरमा क्षति पु¥याएकाले चार महीना उत्पादन वन्द भएको थियो । मर्मत पछि संचालनमा आए लगत्तै विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पुनःक्षति पु¥याएकामा मर्मत भइरहँदा पुनः विसं २०७३ असार २१ गते आएको भोटेकोशीको बाढीले तहसनहस पारेको थियो । गत वर्षदेखि सो आयोजनाको पुनःनिर्माण भइरहेको छ ।

चीनको सिनो हाइड्रो ब्यूरो ११ ले रु सात अर्बमा ठेक्का सम्झौता गरेको सो आयोजना आगामी २०१९ को अन्त्यसम्म सम्पन्न हुने आयोजनाका कार्यकारी निर्देशक विक्रम स्थापितले जानकारी दिए ।

बाह्रबिसे–तातोपानी सडक खण्डअन्तर्गत तातोपानीको १० किलोमा बाँधरे ३।५ किमी सुरुङद्वारा फुल्पीङकट्टी झिुर्पुमा निर्मित विद्युत्गृहमा पानी खसालिएकामा भूकम्प र बाढीले सुरुङमार्ग र विद्युत्गृहबाहेक बाँध स्थल, पनेस्टक पाइप, प्रसारण लाइनको केही टावर क्षेत्र तथा सम्पूर्ण उपकरणमा क्षति पु¥याएको आयोजनाले जनाएकोे छ ।

बाँधस्थल रहेको आसपासका बस्तीलाई असर पुगेको भन्ने स्थानीयको गुनासोका सम्बन्धमा उनीहरुसँग समन्वय गरेर काम गरिने र बाँधको काम सम्पन्न भएपछि जोखिममा पनि कमी आउने कार्यकारी निर्देशक स्थापितले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय