back
CTIZAN AD

कर्णाली राजमार्गका फलामे पुल जीर्ण

वि.सं.२०७५ माघ २५ शुक्रवार

579 

shares

२५ माघ, जुम्ला ।  कर्णाली राजमार्गअन्तर्गतका फलामे पुल बेलिब्रिज जीर्ण बन्दै गएका छन् । फलामे पुलको आयु पाँचदेखि आठ वर्षसम्म हुने भए पनि १४ वर्ष पुराना त्यस्ता पुलमा अहिले पनि सवारी साधान गुड्दैछ ।

लामो समयदेखि पुलमा निरन्तर गाडी गुड्ने र माटो थुप्रिएकाले पुलका सबै फलामे डण्डी खिएका छन् । उक्त राजमार्गअन्तर्गतको कालिकोट र सेरीघाट तिलानदी माथिको पुल र जुम्ला र कालिकोट सिमानामा पर्ने हिमा नदीमाथिको फलामे पुल जीर्ण छ भइसकेको छ । पुलमा कसिएका कतिपय नट झरिसकेको अवस्थामा पनि गड्ने गाडीको चाप दिन प्रतिदिन बढ्दै गएको छ ।

रारा आउने आन्तरिक र बाह्य पर्यटक पनि यो पुलको अवस्था दयनीय भइसकको बताउँछन् दिनहुँ कर्णाली राजमार्ग भएर आउने उनीहरू पुलको अवस्था देखेर भयभित हुन्छन् । तिला कर्णाली यातायात प्रालीका सचिव लक्ष्मीबहादुर रोकायाका अनुसार पक्की पुल नबनेको र फलामे पुलको आयु पनि सकिसकेको छ तर पनि गाडी गुडाउन बाध्य छौँ । उक्त राजमार्गअन्तर्गत अन्य दुई दर्जन पुल पनि अलपत्र हुँदा पनि कसैको चासो नरहेको उनको गुनासो छ ।

यस राजमार्गमा त्रासमै चालकले सवारी साधन चलाइरहेका छन् । किला–काँटा फुस्किएर फलामे पुल जीर्ण भइसक्दा पनि पुलमाथि गाडी गुडाउनुपरेको चालक राजबहादुर रावलले बताए ।

सडक डिभिजन कार्यालयका प्रमुख माधव अधिकारीका अनुसार यहाँका केही पुल निर्माण भइसकेका छन् भने केही पुल निर्माणाधीन अवस्थामा छन् । उनले भने, “फलामे पुल त जीर्ण अवस्थामा छन नै्, यस्ता पुलको आयु पाँचदेखि आठ वर्षसम्म मात्र हुन्छ तर पनि १४ वर्षसम्म त्यही जीर्ण पुलमाथि गाडी गुडेका छन् । पक्की पुल निर्माणका लागि जिम्मेवारी दिएका ठेकेदारलाई ताकेता गरिरहेका छौँ कतिपय ठेकेदारलाई कालोसूचीमा पनि राखियो तै पनि काम छिटो छरितो हुन सकेको छैन । ”

वि.सं.२०७५ माघ २५ शुक्रवार ११:२५ मा प्रकाशित

काभ्रे-२ मा रास्वपाको अग्रता

काभ्रे-२ मा रास्वपाको अग्रता

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २...

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १...

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र...

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम...

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी...

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्व । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा...