back

खानेपानी आयोजनाबाट डेढ सय घरधुरी लाभान्वित

वि.सं.२०७५ माघ २५ शुक्रवार

417 

shares
GLOBAL IME AD
NTC AD

२५ माघ, म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिका–७ बिम र ४ ओखरबोटमा निर्माण भएको खानेपानी आयोजनाबाट १५० घरधुरी लाभान्वित भएका छन् । गाउँपालिकामार्फत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाअन्तर्गत बिममा सौर्य ऊर्जाको प्रयोग गरेर लिफ्ट प्रविधिको र ओखरबोटमा डिल्लीखोला खानेपानी आयोजना निर्माण भएको हो ।

बिममा रु एक करोड ४३ लाख लागतमा निर्माण भएको लिफ्ट खानेपानी आयोजनाबाट नौरु, तल्लोगाउँ र अस्तवाङका १११ घर तथा आठ विद्यालय तथा सार्वजनिक स्थानमा धारा जडान गरेर खानेपानी वितरण गरिएको वडाध्यक्ष रेशम जुग्जालीले बताए ।

बाइस किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरेर बिबोटखोला र जुगेखोला मुहानको पानी २४० मिटर माथि रहेको ‘रिजर्भ’ ट्याङ्कीमा पु¥याएर वितरण गरिएको हो । सबै घरमा निजी धारा जडान गरेर खानेपानी वितरण भएको उपभोक्ता समितिका अध्यक्ष धनबहादुर जुग्जालीले बताए ।

ओखरबोटमा निर्माण भएको डिल्लीखोला खानेपानी आयोजनाबाट ४० घरधुरी लाभान्वित भएका छन् । कूल रु ५३ लाख ७३ हजार २४६ को लागतमा निर्माण भएको आयोजनाबाट ओखरबोटका ४० घरधुरी लाभान्वित भएका छन् । सबै घरमा मिटरजडित निजी धारामार्फत खानेपानी वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिए ।

आयोजना निर्माणका लागि नेपाल सरकारले रु २१ लाख ३२ हजार १०४, गाउँपालिकाले रु पाँच लाख ३२ हजार ३२४ र फिनल्याड सरकारले रु ११ लाख ९९ हजार ३०८ अनुदान सहयोग गरेका थिए । स्थानीयवासीले रु १४ लाख ५० हजार ७७६ बराबरको श्रमदान गरेको उपभोक्ता समितिले जनाएको छ ।

वि.सं.२०७५ माघ २५ शुक्रवार १२:०२ मा प्रकाशित

कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया...

नेप्से परिसूचकमा १५ अङ्कको गिरावट

नेप्से परिसूचकमा १५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

अनुमति विना गुज्जरगानो निकासी नगर्न गल्याङ नगरपालिकाको अनुरोध

अनुमति विना गुज्जरगानो निकासी नगर्न गल्याङ नगरपालिकाको अनुरोध

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले अनुमति विना गुज्जर गानो र...

बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने

बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने

काठमाडौं । विश्व शान्तिका अग्रदूत भगवान् बुद्धको २५६९औँ जन्मजयन्तीका अवसर...

यार्सागुम्बा सङ्कलन थालियो

यार्सागुम्बा सङ्कलन थालियो

मनाङ । मनाङमा यार्सागुम्बा सङ्कलन थालिएको छ । मनाङसँगै लमजुङ,...

वर्षाले फुल्न लागेको स्याउका बोटमा असर, उत्पादन कम हुने प्रक्षेपण

वर्षाले फुल्न लागेको स्याउका बोटमा असर, उत्पादन कम हुने प्रक्षेपण

मुस्ताङ । वर्षाले यहाँका फूल्न लागेको स्याउको बोटमा असर पुर्याएको...