Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

किवीले भगाउछ डिप्रेशन



यदि तपाइ डिप्रेसनको सिकार हुनुभएको छ भने किवी दिनहुँ खाने गर्नुहोस् । किवीले डिप्रेशनबाट बचाउने स्वास्थ्य विज्ञको सुझाव छ ।

आजभोलीको आधुनिक तथा व्यस्त जीवनशैलीका कारण कम सुत्नु, अफिसमा बढी काम गर्नु मात्र नभएर मनका विभिन्न आंकाक्षाहरु पूरा हुन नसक्दा धेरै मानिसहरु मानसिक समस्याले घेरिएका छन् ।

एक अध्ययनका अनुसार दिनहुँ किवी फल खानाले मानिसको मुड राम्रो हुने तथा डिप्रेशनबाट टाढा हुने बताइन्छ । युनिभर्सिटी अफ ओटेगोका शोधकर्ताहरुले केही स्वास्थ्य पुरुषमा यस्तो अध्ययन गरिएको बताइएको छ । अध्ययनमा शोधकर्ताहरुले त्यस्ता पुरुषलाई सहभागी गराएका थिए की जुन पुरुषहरुहरुलाई ६ हप्तासम्म लगातार प्रत्येक दिन किवी खान दिइएको थियो ।
दिनहुँ किवी फल खाने पुरुषहरु अन्यको तुलनामा कम थाकेको महसुस भएको बताएका थिए । उनीहरु कामका क्रममा आफूमा उर्जा थपिएको बताए । कीवीमा भरपुररुपमा भिटामीन सी भएकोले उक्त फल खाँदा मानिसहरु आशावादी भएको अध्ययनका क्रममा पत्ता लागेको थियो ।

भिटामिन सीले शरीरमा इन्जाइम क्रियाशील रहन सहयोग गर्दछ । जसले पाचनतन्त्र बलियो हुन्छ । भिटामीन सी भएको फलफुल खानाले मानिसमा थकान कम हुने र उसको मानसिक क्षमता बढ्ने स्वस्थ्यविज्ञ बताउँछन् ।

त्यस्तै प्रतिदिन प्रयाप्त मात्रामा फल र सब्जी खाँदा स्वास्थ्यमा सुधार आउँछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित पक्का जस्तै देखिएको छ ।

लाहान । सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की नेतृ रेनु दाहाल विजयी भएकी

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय