२५ माघ, काठमाडौं । कानुनी क्षेत्रमा महत्वपूर्ण निर्णय गरेर वाहवाही कमाउँदै आएका न्यायाधिश टेकनारायण कुँवरले विभिन्न देशका उच्च पदस्थहरुको भ्रष्टाचार र उनीहरुले पाएको दण्ड सजाएका बारेमा फेहरिस्त समेत दिएका छन् ।
कानुनी शासन भनेको कानुन भन्दा माथि कोही नहुनु हो । सबैव्यक्ति कानुनको अधिनस्थमा रहनु हो र राजादेखि रंकसम्म जुनसुकै पद वा ओहोदामा भएपनि जानाजान कानुन विपरीत काम गर्ने जो कोहि पनि कानुनी दण्डको भागीदार हुनैपर्ने उनी बताउँछन् ।
कानुनको उल्लंघन गरेर आफूलाई सर्वेसर्वा ठान्ने विश्वमा नाम कमाएका केही उच्च पदस्थलाई जेलको चिसो छिडीमा बसेर आफूले गरेको गलत कार्यको दण्ड भोगिरहेको उदाहरण प्रसस्तै छन् ।
गलत काममा गरिब, धनी वा साना कार्यकर्ता वा उच्च नेता, प्रधानमन्त्री, राष्ट्रपति जो सुकै भएपनि कानुनी दण्ड सजाय भोग्नु परेको केही देशका उच्चपदस्थहरुको फेहरिस्त दिएका छन् न्यायाधिश टेक नारायण कुँवरले ।
उनले भ्रष्टाचारको मुद्दामा जेल जीवन भोगिरहेका कोरियाका पूर्वराष्ट्रपतिद्धय ली म्युंग बाक र पार्क ग्युन हि, ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला डे सिल्भा, भारतको तत्कालिन पूर्व प्रधानमन्त्री पी.भी नरसिंह राव, बिहारका पूर्वमुख्यमन्त्री लालु यादव, पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले भोगिरहेको जेल जीवनका बारेमा लेखेका छन् ।


