Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

सिंगै गाउँको आम्दानी बन्यो केरा खेती



२५ माघ, म्याग्दी । वर्षमा छ मुरी धान फल्ने खेतमा केराखेती गरेका बेनी नगरपालिका–२ खबराका यामबहादुर क्षेत्रीले महीनामा १० हजारभन्दा बढीको केरा बेच्छन् ।

खबराकै जयन्ती घिमिरेले पनि धान, गहुँ, मकै, कोदो बालीको विकल्पमा १० रोपनी खेतबारीमा १०० घारी केरा लगाएको डेढ वर्षमै आम्दानी लिन थालेकी छन् । ‘घरमा काम गर्ने मान्छे छैनन् । खेताला पाइन छाडे । खेती लगाएर लगानी पनि नउठ्ने भएकाले बाझै छोड्ने सोच बनाएको खेतमा केरा लगाएकी थिएँ’, घिमिरेले भनिन् “अन्नबालीको वर्षभरीको आम्दानी केराले दुई महीनामै उठायो ।”

अन्नबालीलाई जस्तो धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने केराखेती आम्दानीको गतिलो माध्यम बनेको कृषक क्षेत्री बताउँछन् । घिमिरे र क्षेत्री जस्तै डेढसय घरधुरीको बसोवास रहेको खबराका बासिन्दा केही वर्षयता खेतबारी, कान्ला, खोल्सा, खरबारी जताततै केराखेती गरेका छन् ।

केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने खबरा अहिले केराको बगँैचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको अगुवा कृषक सोवित शर्माले बताए ।

करीब ५० जनाले बगैँचा नै बनाएर व्यावसायिक केराखेती गरेका छन् । दश÷पन्ध्र घारी केरा नलगाएको घरनै छैन् । मानबहादुर थापा, हीरा कुँवर, घनश्याम सापकोटालगायत केही कृषकले पाँच वर्षअघि खबरामा हजारी जातको केरा भित्र्याउनु भएको थियो । ‘‘परीक्षण सफल भएपछि केराखेतीले विस्तारै तीव्रता पाएको हो’’, कुँवरले भने, “यसअघि घरायसी उपभोगका लागि बाइसे, मुङ्ग्रे, धुर्से जातको लगाउने गरेपनि बिक्री गर्ने चलन थिएन ।”

केरा बेचेर मासिक रु ३० हजार आम्दानी हुने कुँवरले बताए । मजदूर अभावमा खाद्यबाली हुने जमीन बाझिन थालेको अवस्थामा केराखेती प्रभावकारी विकल्प बनेको स्थानीयवासी श्रीलाल सापकोटाले बताउनुभयो । खबराको केरा बेनीमा खपत हुन्छ ।

दैनिक पाँच भारिका अनुपातमा खबराबाट बेनीमा केरा बिक्रीका लागि ल्याउने गरेका छन् । पकाएकोप्रति १२ कोसा एक सय रुपैयाँका दरले बिक्री हुने गरेको छ । एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन लिन सकिने कृषक रुपा सापकोटाले बताए ।

बिरुवा लगाएको डेढवर्षमै उत्पादन लिन सकिन्छ । पूर्व फर्किएको भिरालो पाखोमा अवस्थित खबराको हावापानी केराखेतीका लागि अनुकूल मानिन्छ । बेनी नजिकै भएकाले कृषकलाई बजारको समस्या छैन् । खबरामा उत्पादन हुन थालेपछि बेनीमा बाह्य जिल्लाबाट केराको आयात घटेको फलफूल व्यापारी श्रीकृष्ण सुवेदीले बताए ।

बेनी नगरपालिकाले खबरालाई केरा गाउँ बनाउने लक्ष्यसहित ‘एक वडा एक उत्पादन कार्यक्रम’ सञ्चालन गरेको वडा अध्यक्ष हीराबहादुर थापाले बताए । केराखेतीसम्बन्धी कार्यक्रमका लागि यसवर्ष पनि रु तीन लाख विनियोजन भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।