Logo
११ जेष्ठ २०७९, बुधबार
     Wed May 25 2022
E-paper
  English Edition
   Unicode
Logo

वर्षाले गहुँ बाली सप्रिने भन्दै किसानमा खुसी



२५ माघ,लहान । वर्षा भएपछि सिरहा र सप्तरीका किसानलाई राहत पुगेको छ । गहुँबालीमा सिँचाइ गर्न नसकेका किसान गएराति र आज बिहान भएको वर्षाका कारण खुशी भएका हुनु ।

लामो समयपछि भएको वर्षाले गहुँबालीमा ठूलो राहत पुगेको किसानको भनाइ छ । धानबाली भित्र्याएर खेतमा गहुँबाली लगाए पनि सिँचाइ सुविधा नहँुदा चिन्तामा थिए, सिरहाको लहान १५ का किसान लक्ष्मण चौधरीले भने, “राति र बिहानको वर्षाले गहुँबालीलाई राम्रो भएको छ, यसबाट बिरुवालाई हुर्किन मद्दत पुग्छ ।” वर्षाले तत्कालका लागि सिँचाइको चिन्ताबाट मुक्तसमेत भएको उनको भनाइ छ ।

सिँचाइ सुविधा नहुँदा यहाँका अधिकांश किसान आकाशेपानीको भरमा खेती गर्दै आएका छन् । सिरहा जिल्लामा कूल खेतीयोग्य जग्गामध्ये १८ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती हुँदै आएको छ । यस्तै वर्षासँगै चिसोसमेत अत्यधिक बढेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन्। स्थानीय तहमा पार्टीकाे

बिहेमा आफ्न्त तथा साथी भाइले दिएको उपहारको पोको खोल्ने क्रममा एक बेहुलाको दुवै आँखा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को जित सुनिश्चित भएको

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय