Logo
२ जेष्ठ २०७९, सोमबार
     Mon May 16 2022
E-paper
  English Edition
   Unicode
Logo

विदेशमा रहेका पर्बतेलीहरु दुबईमा भेला हुँदै



रोजगारी तथा अन्य शिलशिलामा संसारभर छरिएर रहेका पर्वतवासीहरु दुबईमा भेला हुँदैछन् । “आजको आवश्यकता प्रवासी पर्बतेलिहरुको एकता, समुन्नत समाज, समृद्ध पर्बत निर्माण हाम्रो अभियान” भन्ने मूल नाराका साथ आगामी फेब्रुअरी २८ र मार्च १ मा यूएईको दुबईमा भब्य कार्यक्रमको आयोजना हुँदैछ।

अन्तराष्ट्रिय पर्वत समाजको आयोजना र पर्वत सेवा समाज युएईको संयोजनमा उक्त कार्यक्रमको तयारी दुबईमा भईरहेको छ । पर्वत सेवा समाज युएईका अध्यक्ष परशुराम पौडेलका अनुसार कार्यक्रम पहिलो दिन फेब्रुअरी २८ मा अन्तरराष्ट्रिय पर्वत समाजको नियमित बैठक र पर्वतेलीहरुको बिशेष भेला गरिने कार्यक्रम छ ।

मार्च १ मा नेपालबाट आएका कलाकार र स्थानिय कलाकारहरु सहितको बृहत साँस्कृतिक कार्यक्रम गरिने कार्यक्रम छ।

कार्यक्रममा भाग लिनका लागी बिश्वभर छरिएर रहेका पर्वतेलीहरुको उल्लेख्य सहभागी रहने जानकारी पनि पौडेलले दिएका छन् ।

सांगीतिक कार्यक्रमका लागी नेपालबाट कुलेन्द्र बिश्वकर्मा, कृष्ण समीप, सुष्मा लोहनी, बिमलराज क्षेत्री लगायत स्थानीय कलाकारको सहभागी रहने कार्यक्रम राखिएको छ ।

दुबईमा हुने पर्वतेलीहरुको भेलाले केहि सकारात्मक कदम चाल्ने, एक आपसमा बन्धुत्व, भाईचारा र सहयोगका लागी समाज निरन्तर अगाडि बढ़ने अन्तर्राष्ट्रिय पर्बत समाजका अध्यक्ष पूरण गिरीले बताए ।

समाजले भेलामा युएईमा क्रियाशील सम्पूर्ण सस्था प्रमुखहरुलाई उपस्थितिको लागि अपेक्षा गरिएको छ भने युएइमा कर्म थलो बनाइ रहेका पर्बतवासी, गैरपर्बतबासि नेपाली दाजुभाइ तथा दिदीबहिनिहरुलाई समेत उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म

पर्वत । पर्वतमा सातवटै स्थानीय तहमा मतगणना जारी रहेको छ । शुक्रबार सम्पन्न स्थानीय

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका-१को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका भुवनसिंह थापा विजयी भएका छन्

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार