Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

बाँध भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १५७ पुग्यो



२५ माघ, रियो डे जेनेरो । ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५ मा बाँध भत्किदाँ बेपत्ता भएका व्यक्तिका थप शवहरु फेला परेपछि ज्यान गुमाउनेको सङ्ख्या १५७ पुगेको छ ।

अझै पनि उक्त दुर्घटनामा परी १८२ व्यक्ति बेपत्ता रहेको सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । शुरुमा करीब ३०० व्यक्ति हराइरहेका जानकारी गराइएको थियो । बेपत्ता भएका व्यक्तिका शव फेला पर्दै गएपछि सो सङ्ख्या १५७ पुगेको र १८२ बेपत्ता रहेका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

यस घटनामा फसेका करीब १९२ जनालाई जीवितै उद्धार गरिएको मिनास गेरेइज राज्यमा नागरिक प्रतिरक्षा विभागमा प्रवक्ता फभिओ गडइनडोले बताएका थिए । बाँध भत्किएका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा यस शहरका करीब ३९ हजार जनसङ्ख्या प्रभावित भएका छन् । बाँध भत्किएको यस इलाकामा करीब चार सय उद्धारकर्ता लगातार उद्धारकार्यमा लागिपरेका छन् ।

उद्धार प्रयास निरन्तर भइरहेको भएता पनि घटनामा परेका व्यक्ति जीवितै उद्धार गर्ने आशा झिनो बन्दै गएको मिनासका गभर्नर रोमेउ जेमाले सञ्चारकर्मीलाई बताएका छन् । यहाँको एक ठूलो बाँध फुटेर एक्कासी शहर र नजिकैको बस्ती, सडक, तरकारी तथा अन्य बालीमा पसेको थियो ।

त्यस बाढीले केहीलाई बगाएको र कतिपय पुरिएका थिए । यस बाँधका कारण निकै ठूलो संख्याका नागरिक प्रभावित भएका अधिकारीले जनाएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय