Logo
५ जेष्ठ २०७९, बिहीबार
     Thu May 19 2022
E-paper
  English Edition
   Unicode
Logo

पाइलटको हड्तालबाट चार हजार यात्रु प्रभावित



२५ माघ, ताइपेइ । ताइवानको चाइना एयरलाइन्सका पाइलटहरुको हड्तालका कारण चार हजार यात्रु प्रभावित भएको एयरलाइन्सका अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

शुक्रबार र शनिबारसम्म जारी रहने भनिएको यस हड्तालका कारण २२ ओटा उडान रद्द भएको र यसबाट ४ हजार यात्रु प्रभावित भएको बताइएको छ । हड्तालको कारण रद्द भएका उडानहरुमा बेइजिङ, साङ्घाइ, गुआङ्झाउ शेन्झेन, हङकङ र बैकक रहेका छन् ।

चाइना एयरलाइन्स शाखाका विमान चालकहरुको युनियन ‘ताओयुआन’ले कैयांै चालकहरुले लामो समयसम्म उडान उडाउनुपर्ने जस्ता समस्या समाधानको लागि माग राखेका थिए ।

चालकहरु प्रतिनिधिका अनुसार उडान सुरक्षाको लागि चालकहरुमा भएको क्षमताभन्दा बढी दबाबलाई कम गर्न आह्वान गरेका थिए । गत मङ्गलबार नै यस हड्तालमा भाग लिनको लागि करीब ९०० विमान चालकले सहभागिता जनाएका थिए । माग पूरा नभएको खण्डमा यो सङ्ख्या अझै बढ्ने समेत अनुमान गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गोरखाका ११ पालिकामध्ये बिहीबारसम्म १० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको गृहपालिकामै एमाले पराजित भएको छ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्