
२६ माघ, काठमाडौं । भारतको नयाँदिल्ली र म्यानमारबाट उद्धार गरी फर्काइएका सात महिलाले अब ऐजेन्टको प्रलोभनमा नपर्ने बताएका छन् । देशमै रोजगारी गर्ने उनीहरुको भनाई छ ।
उनीहरु इराक, कुवेत, युएई लगायत देशमा काममा लगाइदिने प्रलोभनमा परेर मानव वेचविखन गर्ने गिरोहको फन्दामा परेका थिए । विहिबार साँझ काठमाडौं आइपुगेका उनीहरुले आफूहरु बेचिनबाट जोगिएको भन्दै खुसी व्यक्त गरेका थिए । सानो ठूलो जस्तो काम भएपनि नेपालमै गर्ने उनीहरुले बताएका छन् ।
उनीहरु एक म्यानमार र ६ जनालाई दिल्लीबाट उद्धार गरिएको थियो । एक २२ वर्षीया युवतीलाई भारतको मणिपुरस्थित इम्फालबाट म्यानमार पु¥याइएको थियो । ऐजेन्ट दिल बहादुर कार्कीले दुवईमा काम मिलाइ दिन्छु भनेर म्यानमा पु¥याएको ती युवतीको भनाई छ । दोलखाकी उनलाई काठमाडौं हुँदै दिल्ली लगेर २५ दिनपछि मणिपुर पुर्याइएको थियो । त्यहाँ सातदिन राखेर म्यानमार पु¥याएको ४० दिनसम्म पनि आफूलाई दुवईको भिसा र टिकट नदिएर अलपत्र पारेको उनले बताइन् ।
म्यानमारमा भारतीय प्रहरीले पक्राउ गर्दा अन्य ८ नेपाली महिला पनि रहेको उनले बताइन् । शनिबारको अन्नपूर्णपोस्ट दैनिमा रामकला खड्काले लेखेकी छन् ।