
२६ माघ, काठमाडौं । अब जग्गाको वर्गिकरण नयाँ तरिकाले हुने भएको छ । प्रस्तावित भू–उपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको धियेकमा जमिनलाई नौ भागमा वर्गिाकरण गरिएको छ ।
कृर्षि क्षेत्र, आवासीय क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, औद्योगिक क्षेत्र, नदी, खोला, ताल क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र र सांस्कृति तथा पुरातात्विक महत्वको क्षेत्रका रुपमा जमिन विभाजन गरिएको छ । यसबाहेक सरकारले आवस्यकता अनुसार अन्य क्षेत्रका रुपमा पनि जमिनको बर्गिकरण गर्न सक्नेछ । यसअघि जमिन अब्बल, दोयम, सिम र चहार गरी चार प्रकारको हुने प्रचलन थियो ।
शनिबारको अन्नपूर्णपोस्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।