
२६ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमीरेले पछिल्लो पटक स्थानीयतहमा बढी भ्रष्टाचार भएको बताउँछन् ।
केहि महिना यता अख्तियारले बढाएको सक्रियताका विषयमा सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘ पहिले उजुरीका हिसावले हेर्ने हो भने पहिले शिक्षा क्षेत्र थियो, हलिे स्थानीयतहमा देखिएको छ । स्थानीयतहमा संक्रमणकाल भएर पनि हुन सक्छ । तर, संक्रमणकाल भनेर अनियमिततामा उन्मुक्ति दिने कुरा पनि भएन ।’
त्यस्तै भ्रष्टाचार गर्ने ठूला नेता भनेर भनिन्छ, तर नेताविरुद्ध मुद्दा चलेको छैन नि भन्ने अर्को प्रश्नमा उनी भन्छन्, ‘अनुसन्धान चलिरहेको छ । पहिलेजस्तो अनुसन्धानमै रहेका बेला विषयलाई हामी बाहिर ल्याँदैनौं । हामीले सम्पत्ति छानविन कार्यविधि नै परिवर्तन गरेका छौं । जब अनुसन्धान निष्कर्षमा पुग्छ, त्यसपछि यसबारे थाहा पाउनुहुनेछ ।’ शनिबारको नयाँपत्रिका दैनिकबाट