Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

क्यान्सरका बिरामी बढ्दै



सुशीला रेग्मी, २६ माघ, बेझाड । पाल्पा जिल्लामा क्यान्सर रोगका बिरामी बढ्दै गएको पाइएको छ । क्यान्सर रोगीमध्ये महिलाको सङ्ख्या बढ्दो रहेको छ । आव २०७४÷७५ मा ११३ क्यान्सर रोगका बिरामीमध्ये ६७ महिला रहेका छन् भने ४६ पुरुष फेला परेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए ।

आव २०७३÷७४ मा महिला ४८ र पुरुष ३४ गरी जम्मा ८३ क्यान्सर रोगका बिरामी भेटिएको छ । दुई वर्षको तथ्याङ्कलाई हेर्दा क्यान्सर रोगबाट महिला बढी पीडित रहेको पाइएको छ । सुर्तीजन्य, मादकपदार्थजन्य वस्तुको अत्यधिक सेवन, प्रदूषणयुक्त वातावरणमा काम गर्नु, खानपानमा ध्यान नदिनु, महिलामा छिटोछिटो बच्चा जन्माउनु, उमेर नपुग्दै आमा बन्नु, सरसफाइमा ध्यान नदिनुजस्ता कारणले क्यान्सर रोग लाग्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

महिलामा पहिलो स्तन क्यान्सर, दोस्रोमा पाठेघरको क्यान्सर र पुरुषमा घाँटी, मुखमा बढी क्यान्सर रोगले आक्रमण गरेको पाइन्छ । अहिले सरकारले क्यान्सर रोगका बिरामीका लागि उपचार खर्चबापत रु एक लाख रकम उपलब्ध गराउन थालेपछि पाल्पामा क्यान्सर रोगको उपचार गर्ने बिरामी बढेका छन् ।

क्यान्सर रोग लागेको पहिलो र दोस्रो चरणमा नै उपचार गरियो भने यो रोगबाट बच्न सकिन्छ । दोस्रो चरण पार गरेपछि तेस्रो र चौँथो चरणमा पुगेका बिरामीलाई बचाउन समस्या भएको स्वास्थ्यकर्मी बताउँछन् । पाल्पा जिल्लामा क्यान्सर रोग भए नभएको पत्ता लगाई क्यान्सर रोग लागेमा उपचारका लागि भरतपुर र काठमाडौँ पठाउने गरिन्छ । सुर्तीजन्य पदार्थको सेवन नगर्नाले, शरीरको तौल सन्तुलनमा राख्नाले, मदिरा र प्याकेटका खानेकुरा कम खाएमा, प्रशस्त फलफूल अनि तरकारी खाने बानी गरेमा र घामबाट बचेर क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिने क्यान्सर विज्ञको भनाइ छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।