Logo
११ जेष्ठ २०७९, बुधबार
     Wed May 25 2022
E-paper
  English Edition
   Unicode
Logo

चार दिन पाल्पा बुटवल सडक बन्द



२६ माघ, पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडक चार दिनका लागि बन्द हुने भएको छ । सडकखण्डको चिडिया खोलादेखि दोभानसम्म आजदेखि आंशिकरुपमा सडक बन्द गरिने भएको हो ।

भौगर्भिक सर्भेक्षणका लागि आजदेखि चार दिनसम्म तीन किलोमिटर सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख केदार नेपालले जानकारी दिए । स्वीट्जरल्याण्ड सरकारको सहयोगमा सुरुङ् निर्माण अध्ययनका लागि दुई महीनादेखि यस सडकको सर्भेक्षण गर्ने काम भइरहेको छ ।

माघ २६, २७ र २८ गते बिहान ९ बजेदेखि १० बजेसम्म, ११ बजेदेखि मध्यान्ह्न १२ बजेसम्म, दिउँसो २ बजेदेखि ३ बजेसम्म, ४ बजेदेखि ५ बजेसम्म आंशिक रुपमा सडक बन्द हुनेछ । माघ २९ गते बिहान ९ बजे देखि ९ः३० सम्म, १०ः३० देखि ११ बजेसम्म, मध्याह्न १२ बजेदेखि १२ः३० सम्म, दिउँसो २ः३० देखि ३ बजे र ४ बजेदेखि ४ः३० बजेसम्म सडक बन्द गरी सर्भेक्षण गरिने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन्। स्थानीय तहमा पार्टीकाे

बिहेमा आफ्न्त तथा साथी भाइले दिएको उपहारको पोको खोल्ने क्रममा एक बेहुलाको दुवै आँखा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को जित सुनिश्चित भएको

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय