back

महिला विश्वकपको टिकट मार्च ७ देखि किन्न पाइने

वि.सं.२०७५ माघ २६ शनिवार

402 

shares
GLOBAL IME AD
NTC AD

२६ माघ, पेरिस ।  महिला विश्वकप फुटबल प्रतियोगिता २०१९ को टिकटको किनबेच आउँदो मार्च ७ देखि हुने भएको छ ।

प्रतियोगिताको मूल आयोजक संस्था अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) र स्थानीय आयोजकहरूले व्यक्तिगत रूपमा सर्वसाधारणले यही मार्च ७ देखि टिकट किन्न पाउने व्यवस्था गरिएको जनाएका हुन् ।

फ्रान्समा हुने तय भएको यस प्रतियोगिताका खेल हेर्न सबैभन्दा सस्तो टिकट नौ युरोको रहेको शुक्रबार जानकारी दिइएको छ । फ्रान्स र दक्षिण कोरियाका बीचमा हुने उद्घाटन खेलको टिकट मूल्य भने न्यूनतम १३ युरोदेखि माथि रहेको छ ।

प्रतियोगिताको फाइनल खेल लियोनमा हुने र त्यस खेल हेर्नका लागि टिकटको मूल्य २३ देखि ८४ युरोसम्मको तय गरिएको छ ।

प्रतियोगिता फ्रान्सका नौ शहरमा यही जुन ७ देखि जुलाई ७ सम्म हुने तय भएको छ । प्रतियोगितामा २४ वटा समूह सहभागी हुनेछन् भने ५२ वटा खेल हुनेछ ।

आयोजक संस्था फिफाले चार महिनाभित्रमा तीन लाख ३० हजार टिकट विक्री हुने अनुमान गरेको छ ।

सबैभन्दा धेरै टिकट फ्रान्स, त्यसपछि अमेरिका र तेस्रोमा बेलायतका समर्थकहरूले किन्ने अनुमान पनि गरिएको छ ।

वि.सं.२०७५ माघ २६ शनिवार १४:०६ मा प्रकाशित

आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की

आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की

नयाँदिल्ली । हिमालय क्षेत्रमा भएको भीषण आक्रमणमा दुई दर्जनभन्दा बढी...

युक्रेनमा ड्रोन आक्रमण हुँदा नौ जनाको मृत्यु

युक्रेनमा ड्रोन आक्रमण हुँदा नौ जनाको मृत्यु

युक्रेन । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा रुसी...

काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत

काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत

पहलगाम (भारत) । सन् २००० पछि काश्मीरका सर्वसाधारणमाथि भएको सबैभन्दा...

म्यान्मामा भूकम्पपछिको युद्धविराम समाप्त हुने क्रममा

म्यान्मामा भूकम्पपछिको युद्धविराम समाप्त हुने क्रममा

याङ्गुन । गत महिनाको विनाशकारी भूकम्पपछि म्यान्मामा घोषणा गरिएको युद्धविराम...

चीनको डिजिटल क्षेत्रमा तीव्र वृद्धि : १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

चीनको डिजिटल क्षेत्रमा तीव्र वृद्धि : १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

बेइजिङ । चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ...

पोप फ्रान्सिसको निधन : भ्याटिकन

पोप फ्रान्सिसको निधन : भ्याटिकन

भ्याटिकन सिटी । पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन...