Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

असिनासहितको वर्षाले इँटा उद्योगमा ५१ करोड भन्दा बढी क्षति



२६ माघ, सर्लाही । लगातार दुई दिनको असिनासहितको वर्षाले सर्लाहीको इँटा उद्योगमा करोडौको क्षति भएको छ ।

यो वर्षको पहिलो हिउँदे वर्षाले सर्लाहीको इँटा उद्योगमा रु १५ करोड भन्दा बढीको क्षति भएको इँटा उद्योगीले जनाएको छ । पोल्नका लागि तयार पारेको काँचो इँटा गलेर उक्त मूल्य बराबरको क्षति भएको इँटा उद्योगीले जनाएको छ ।

हावाहुरीसँगै हिजो र आज असिनासहित पानी पर्दा सर्लाहीको इँटा उद्योगीलाई ठूलो क्षति भएको इँटा उद्योग व्यवसायी सङ्घ सर्लाहीका अध्यक्ष मेथुर चौधरीले बताए । पोल्नका लागि तयारी अवस्थमा रहेको इँट्टा असिनासहित वर्षा हुँदा गलेर नष्ट भएको उनले जानकारी दिए ।

सर्लाहीमा ७२ भन्दा बढी इँट्टा उद्योग छन् । सङ्घका अध्यक्ष चौधरीले आफू हरिपुर नगरपालिका लक्ष्मीपुरस्थित सञ्चालन गरेको किसन इँटा उद्योग र शक्ति फिक्स इँटा उद्योगमा असिना र वर्षाले करीब रु ३० लाख बराबरको इँटा गलेर क्षति भएको बताए । ।

पोल्नका लागि तयार पारिएको करीब रु सात लाख इँटा पानीले गलेर काम नलाग्ने भएको सूर्या इँटा उद्योग कविलासी नगरपालिकाका उद्योगी जगरनाथ राय यादवले जानकारी दिए । यसबाट करिब रु २० लाख मूल्य बराबरको क्षति भएको उनले बताए ।

आफूले सञ्चालन गरेको विकास फिक्स इँटा उद्योग र शक्ति इँटा उद्योगमा पनि वर्षाले ठूलो क्षति भएको उनले बताए ।

वर्षाले इँटा व्यवसायीको ढाँड भाच्चिएको नवराज इँटा उद्योग गौडैताका सञ्चालक वासुदेव चौधरीले बताउनुभयो । आफ्नो रु २१ लाख भन्दा बढीको इँटा वर्षाले बर्बाद भएको चौधरीले बताए ।

असिनाले बालीमा पनि क्षति

लगातार दुई दिन असिनासहित परेको पानीले बालिनालीमा समेत क्षति गरेको छ । असिनाले गोलभेँडा, रहर, तोरी, मुसुरो, प्याज लगायतको बालीनालीमा क्षति पुगेको छ ।

त्यस्तै मजुरा लागेको आँपको बोटमासमेत असिनाले क्षति पु¥याएको किसानको भनाइ छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय