back

धुञ्चेमा हिउँ पर्यो, वृद्धवृद्धालाई सकस, युवामा खुसीयाली

वि.सं.२०७५ माघ २६ शनिवार

159 

shares
NTC AD
Global IME AD
२६ माघ, रसुवा । तीन दिनदेखिको निरन्तर वर्षासँगै आज धुञ्चे क्षेत्रमा हिमपात भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार गुम्बुडाँडाभन्दा माथिल्लो भेगअन्तर्गत सदरमुकाम धुञ्चेलगायत रसुवाको अधिकांश भागमा गए रातिदेखि हिमपात परेका कारण निकै चिसो भएको छ ।

यही माघ ८ गतेबाट पानी पर्न शुरू भएको र पटकपटकको वर्षासँगै परेको हिमपात यतिखेर समुद्री सतहदेखि एक हजार ६०० मिटरको भू–भागमा पुगेको बताइएको छ । ज्येष्ठ नागरिकलाई चिसोले बढी असर पु¥याएको छ भने युवा हिउँ खेल्न जुटेका छन् । धुञ्चेमा भने छ वर्षपछि हिमपात भएको समाजले जनाएको छ । उत्तरी रसुवा गत्लाङबाट प्राप्त जानकारीअनुसार गत्लाङ क्षेत्रमा एक मिटरभन्दा बढी हिमपात भएको छ ।

हिमपातले मानिस घर बाहिर निस्कने अवस्था नभएको २०० भन्दा बढी चौपायाको चरण क्षेत्र हिउँले छोपेबाट घाँसको सङ्कट पर्दै गएको गत्लाङका स्थानीयवासी मार लामाले बताए । हिमपातको समयमा पशु आहारा सञ्चय गर्न कृषि अनुसन्धान केन्द्रका वैज्ञानिकद्वारा विगतमा पाएको सीपले सुकाइ राखेका घाँस पनि सकिँदै गएको पशुपालक किसानले बताएका छन्

वि.सं.२०७५ माघ २६ शनिवार १७:४२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

घोराही (दाङ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो...