
२६ माघ । नागरिकता बिधेयक संसोधन प्रस्ताव परीमार्जनका लागी सहमतिको प्रयास भै रहेको नेकपा नेता देव गुरुंगले बताएका छन ।
डाफे टेलिभिजनद्धारा काठमाण्डौमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेकपा संसदिय दलको प्रमुख सचेतक समेत रहेका नेता गुरुंगले नागरीक समाज र राष्टियताका अभियन्ताहरुबाट प्राप्त सुझावलाइ ख्याल गरेर सहमतिकै आधारमा अघि बढने बताएका हुन ।
कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनालीले नागरीकताका कारण राष्टमा संकट ल्याउन नहुने बिश्लेषण गरेका थिए । संसदको राज्यब्यबस्था समितिमा निकै बहश भै रहेको नागरिकता विधेयक स्थगन गरि अधिकार सम्पन्न नागरिकता छानविन आयोग गठनूको माग पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोक कृष्ण भटराइले गरेका थिए भने विदेसीले लिएका नागरिकता खारेज गर्नुपर्ने अडान अभियन्ता साध्यबहादुर भण्डारीले राखेका थिए ।
आयोजक डॉफे टिभीका प्रेमसागर पौडेलको सभापतित्वमा भएको सो कार्यक्रममा माननीय झपट रावल,नेकपाका केन्द्रिय सदस्य प्रेमल कुमार खनाल,पुर्व प्रशासक सूर्यनाथ उपाध्याय, सीमाबिद हेमन्त सेढाई , वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, वरिष्ठ पत्रकार निमकान्त पाण्डे र ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल लगायतका वक्ताहरुले कुनै पनि हालतमा बिधेयक फिर्ता लिन अनुरोध गरेका थिए ।