२७ माघ काठमाडौ । अस्पतालमा उपचारका क्रममा चिकित्सकको लापर्बाहीले बिरामीको मृत्यु भएको खबर सार्वजनिक भइरहँदा आरोपित चिकित्सकविरुद्ध धमाधम उजुरी दर्ता हन थालेको छ । यस वर्ष आरोपित डाक्टरविरुद्ध ४० वटा उजुरी परिसकेको छ ।
नेपाल मेडिकल काउन्सिलमा चिकित्सकीय लापर्बाही, अन्यत्र रिफर गरेको, व्यक्तिगत रिसीइबी प्रकृतिका उजुरी दर्ता भएका छन् । काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटाले उजुरीका विषयमा छानबिन भइरहेको बताए । उजुरी परेपछि छानबिन गर्नुपर्नेहुन्छ, छानबिनका क्रममा कतिपयमा विज्ञको समेत राय लिनुपर्ने हुन्छ, अध्यक्ष बाँस्कोटाले भने, छानबिनमा बिरामीको रिपोर्ट, डाक्टर र विरामीको आफन्तको भनाइ उपचारका क्रममा भएको अवस्था सबैलाई आधार मानिने छ । आजको राजधानी दैनिकमा प्रशान्त वलीबाट ।
वि.सं.२०७५ माघ २७ आइतवार ०८:१० मा प्रकाशित