
२७ माघ, काठमाडौं । कोही तरकारी काटिरहेका छन् । एकथरी भाडा माझिरहेका छन् । चामलको जोहो गर्ने र सामान यताउती गर्नेको चहल पहल छ । सानोतिनो भिड नै देखिन्छ । झट्ट हेर्दा लाग्छ कुनै बिहेकार्जे कर्मको चाँजो पाजो हुँदैछ ।
तर, न यो बिहेको चाँजो हो न, कुनै भोजभतेरको तयारी । महोत्तरीको बर्दिबास गौरी डाँडास्थित आधारशीला कम्युनमा हरेक बिहान बेलुका देखिने दृश्य होयो । कम्युनिष्टहरुले लामो समयदेखि समाज र जीवन बदल्ने सपना देख्दा देखाउँदै आएका छन् । यहि विचारसँग सहमत १३ परिवार आधारशीलामा सामुहिक बसोबास गर्छन् । यसको स्थापना २०५९ मा भएको हो ।
आधारसीला पुग्ने जोसुकैले महसुस गर्न सक्छन्, यहाँको जीवन अन्यत्र भन्दा फरक छ । फरक जातका मानिसहरु एकै ठाउँमा बस्छन् । व्यक्तिगत सम्पत्ति छैन । कामको बाँडफाँड गरिएको छ । सदस्यले विभिन्न उत्पादनमुलक काम गर्छन् । र कम्युनको खर्च धान्छन् । आइतबारको अन्नपूर्णपोष्ट दैनिकमा बर्दिबासबाट सुर्यप्रसाद पाण्डे र राजकरण महतोले लेखेका छन् । a