Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

भेनेजुयलाले नै बढाएको हो त दुई अध्यक्षबीच तिक्तता ?



२७ माघ, काठमाडौं । अचेल जताततै एउटा भनाइ सुनिन्छ–बेला न कुवेला भेनेजुयला । सामाजिक सञ्जाल र केहि मेडियामा पनि यो लोकप्रिय हुँदै गएको छ । कुनै साइनो–सम्बन्ध नभएको भेनेजुयला नेकपा र सरकारमा अहिले टाउको दुखाइ बनेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालले निकालेको विज्ञप्तिले दुई अध्यक्षको सम्बन्धमा तिक्तता बढाएको छ ।
यहि विषयमा दुई दिन यताको ‘जुहारी’ पछि शनिबार बिहानै नेकपाका अध्यक्षद्धय ओली र दाहालबीच बालुवाटारमा भेट भयो । भेनेजुयला संकटमा दिएको वक्तव्यपछि एक–अर्काले दुवैको अभिव्यक्तिलाई ‘व्यक्तिगत’ अथ्र्याइरहँदा बढ्दै गएको असमझदारीबीच नेकपाका दुई पाइलटका बीचमा भेट भएको हो ।
भेनेजुयला प्रकरणमा अध्यक्ष दाहाल ‘शब्दमा चिप्लिएको’ टिप्पणी प्रधानमन्त्री समेत रहेका ओलीले एक टेलिभिजन कार्यक्रम गरेपछि ओली–दाहाल सम्बन्धमा देखिनै गरी असमझदारी बढेको हो । आइतबारको अन्नपूर्णपोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।