
२७ माघ काठमाडौ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबादेखि देशैभर मौसममा सुधार आउने जनाएको छ । पश्चिमी वायुको प्रभाव घटेको छ , महाशाखाकी मौसमविद् शान्ति कंडेलले भनिन्, आइतबारपछिका केही दिन सबैतिर घमाइला हुनेछन् ।
पश्चिम र मध्य भागमा साँझसम्मे पानी परेको थियो । यस पटकको मौसमी प्रणली पहिलेभन्दा बलियो भएकाले सबैतिर वर्ष र हिमपात भएको विज्ञको भनाइ छ । महाशाखाका अनुसार योपल्टको हिउँदे वषँ विगतको भन्दा बढी हो । डिसेम्बरदेखि फेब्ररीमा हिउँदे वर्ष हुने गरेको छ । फेब्रुअरीमा काठमाडौँमा औसतमा १८.७ मिलिलिटर वर्ष हुने गरेकोमा यो वर्ष ८ दिनमै दोब्बरभन्दा बढी ४२.५ मिमि पानी परिसकेको छ । आजको कान्तिपुर दैनिकबाट ।