२७ माघ,काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री, नेपाली कांग्रेका युवा नेता तथा सांसद गगन थापाले दुई तिहाइ सरकारको नेतृत्वमा बनेको मन्त्रिमण्डल भ्रष्टहरुको क्लव भएको बताएका छन् ।
शनिबार नेपाली कांग्रेस गोरखाले आयोजना गरेको कार्यक्रममा नेता थापाले प्रधानमन्त्री केपी ओलीका दाया बाया, तल माथि जताततै भ्रष्ट रहेको जिकिर गरे । ‘म भ्रष्टाचारीको अनुहार हेर्दिन भनेर प्रधानमनत्री बिहान देखि बेलुका सम्म एउटा बाक्य बोलिरहनुहुन्छ,’ उनले भने, ‘तर कुन चाँहि मन्त्रालय चोखो छ ? वाइडबडी विमानमा भ्रष्टाचार, मान्छे बाहिर पठाउँदा भ्रष्टाचार, मान्छे भित्र्याउँदा भ्रष्टाचार भएको छ ।’ व्यक्ति लागेर नभई पार्टी लागेर भ्रष्टाचार गरेको आरोप समेत उनले लगाए । अहिलेसम्म ठूलो भ्रष्टाचार यो एकवर्ष भित्र भएको पनि उनले बताए । आइतबारको अन्नपूर्णपोष्ट दैनिकबाट