Logo
३ जेष्ठ २०७९, मंगलवार
     Tue May 17 2022
E-paper
  English Edition
   Unicode
Logo

काठमाडौंमा सातै प्रदेशका खाना प्रदर्शन



 

२७ काठमाडौँ । प्रादेशिक खानाको माध्यमबाट पर्यटक प्रवद्र्धन गर्नका लागि खाना प्रदर्शन गरिएको छ ।

ग्लोबल नेप्लिज सेफ्स फेडेरेशन र नेप्लिीज वल्र्ड वाइड सेफ्स एशोसिएशन अमेरिकाको संयुक्त आयोजनामा शनिबार सातै प्रदेशको खानालाई पहिचान गरी प्रदर्शन गरिएको हो । नेपाली खानालाई विश्वमाझ चिनाएर पर्यटक प्रवद्र्धन गर्ने लक्ष्यअनुसार खाना प्रदर्शन गरिएको फेडेरेशनका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले जानकारी दिए ।

“सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको बेला अभियानले सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ,” उनले भने । नेप्लिज वल्र्ड वाइड सेफ्स एशोसिएशनका उपाध्यक्ष सुरेशचन्द्र बस्नेतले नेपाली खानको माध्यमबाट विश्वका लाखौँ पर्यटक नेपाल भित्र्याउनका लागि प्रादेशिक फुड फेस्टिभल आयोजना गरिएको जानकारी दिए ।

“नेपालमा धेरै जातजाति, भाषा, वेशभूषा, खानाका परिकार भएकाले यसको प्रवद्र्धन गरी लाखौँ पर्यटक भित्र्याउने हामीले लक्ष्य लिएका छौँ,” उनले भने । फेडेरेशनले सबै प्रदेशमा पुगेर पनि खानाको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटकको प्रवद्र्धन गर्ने भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

[caption id="attachment_202464" align="aligncenter" width="300"] नीलकण्ठ तिवारी[/caption]   गण्डकी प्रदेश पर्वत जिल्लाको पैयु गाउँपालिकामा निर्वाचित

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार