Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

अर्थतन्त्र झन बिग्रँदै गएको भन्दै पूर्वप्रधानमन्त्रीद्धारा चिन्ता व्यक्त



२७ माघ, बेत्रावती । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराईले नेपालको पहाडी क्षेत्रको अर्थतन्त्र कमजोर अवस्थामा रहेको भन्दै चिन्ता जनाएका छन् ।

मध्यपहाडी–पुष्पलाल लोकमार्ग हुँदै नेपालको पहाडी जिल्लाको भ्रमणका क्रममा नुवाकोट पुगेका उनले मध्यपहाडी–पुष्पलाल लोकमार्ग विस्तारले केही सुधारका सङ्केत देखिए पनि कृषिमा आधारित पहाडको जनजीवन पछिल्ला वर्षमा थप बिगँ्रदै गएको भन्दै यसलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन् ।

यात्राका क्रममा शनिबार विदुरमा आयोजित ‘असल राजनीति र समावेशी विकासको लागी जनसंवाद’ कार्यक्रममा उनले पहाडी क्षेत्रमा कायम रहेको परम्परागत खेतीले बाली उब्जनीमा निरन्तर ह्रास, युवालाई कृषि क्षेत्रप्रति आकर्षण गराउन नसक्नु तथा पानीका मुहान सुकेर सिँचाइको अभावमा उर्वरभूमि बाँझै रहेको देखिएकाले मुलुकलाई आर्थिक रूपमा समृद्धि बनाउन चुनौती देखिएकाले यसमा नयाँ शिक्षा र चिन्ताको विषय उठेको बताए ।

नुवाकोट हुँदै बैतडीको झुलाघाटसम्मको यात्रा आगामी फागुन १५ गते भित्र पूरा गर्ने गरी नयाँ शक्ति पार्टीको सचिवालयसहितको टोली यात्रामा संलग्न छ । पूर्वप्रधानमन्त्री भट्टराईसहितको यात्रामा संलग्न टोली नुवाकोटको सामरीस्थित भ¥याङभुरुङ हुदै आइतबार धादिङ प्रस्थान गर्ने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा