back

जापानमा एक हप्तामा ३ नेपालीको मृत्यु

वि.सं.२०७५ माघ २७ आइतवार

114 

shares
NTC AD
Global IME AD

 

जापानमा एक हप्ताको अन्तरालमा ३ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीका विजय गौचन र प्रमिला दर्जी तथा गल्कोटका सविन क्षेत्रीको मृत्यु भएको हो ।

प्रमिला र सविनको उपचारका क्रममा मृत्यु भएको छ भने माइकलको बाटो काट्ने क्रममा सवारीले ठक्कर दिएर मृत्यु भएको हो ।

म्याग्दी घर भइ जापानमा रहदै आएकी प्रमिला दर्जीको विहिबार (फेब्रअरी ७) का दिन उपचारका क्रममा मृत्यु भएको हो ।

१ महिना अगाडि सुत्केरी भएकी उनी ब्रेनट्युमरबाट पीडित भएको बताइएको छ । मोना जापानका अध्यक्ष दीपक केसीका अनुसार उपचारका लागि अस्पतालमा भर्ना गरिएकी उनको विहिबार साँझ निधन भएको हो ।

विद्यार्थी भिसामा ४ वर्ष अगाडि जापान पुगेका श्रीमान दिनेश दर्जीसँग रहेकी प्रमिलाको एक महिने छोरी छन् ।
जनवरी १३ का दिन एक्कासीे बेहोस भएपछि तत्कालै कुवाना स्थित अस्पतालमा लगिएको उनलाई डाक्टरले ब्रेन ट्युमरको समस्या भएको बताएका थिए ।

ब्रेन ट्युमरले पीडित प्रमिलाको उपचारका लागि लागि मोना जापानले रकम संकलन गरेको र आइतबार हस्तान्तरण कार्यक्रम रहेको पनि मोना अध्यक्ष केसीले बताएका छन् । प्रमिलाको मृत शरीरको दाहसंस्कार जापानमै गरिएको छ ।

त्यस्तै सडक दुर्घटनामा परेर विजय गौचन (माइकल) को मृत्यु भएको छ । उनको सोमबार राति जापानको साइतामा केनमा बाटो काट्ने क्रममा सवारीले ठक्कर दिँदा दुर्घटनामा परि मृत्यु भएको हो ।

म्याग्दी घर भइ हाल काठमाडौंमा बसोबास गर्दै आएका गौचन जापानको ग्रीग इन्टरनेशन कलेज योकोहामाबाट सेन्मोन सकेर साइतामाको एक जापानी कम्पनीमा काम गर्दै आएका थिए । मृतक गौचन गतवर्ष मात्र विवाह गरेर जापान गएका थिए । उनको श्रीमती र परिवार नेपालमै रहेको बताइएको छ ।

त्यस्तै गल्कोट नगरपालिका ३ बोहराफाँटका अर्मिन बोहरा (सविन) क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको छ ।

उनी इन्फ्लुएन्जाबाट ग्रसीत भएको र उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ ।

सामान्य रुघाखोकीमा हेलचेक्र्याइ गर्ने क्रममा उनमा गम्भीर संक्रमण भएको तथा सोहि संक्रमण आमामा पनि सरेकोले आमाको पनि अस्पतालमा उपचार भइरहेको गल्कोट समाज जापानका संस्थापक तथा संरक्षक बेलुकाजी थापाले जानकारी दिएका छन् ।

डिपेन्डेड भिसामा जापान पुगेका सविनका २ वर्षे छोरी र श्रीमती नेपालमा छन् । उनका आमा बुवा छोरा भेट्नका लागि जापान पुगेका थिए ।

सविन र उनको आमाको उपचारका लागि गल्कोट समाज जापानले आर्थिक सहयोग गर्न लागेको पनि थापाले संसारन्युजलाई जानकारी दिएका छन् ।

उनको मृत्यु समाचारले सबैलाई स्तव्ध तुल्याएको भन्दै गल्कोट समाज जापान र बोहोराफाँट समाज जापानले दुःख व्यक्त गरेको छ । मृतकका लागि आर्थिक तथा नैतिक सहयोग गरिदिन हुनु जापानमा रहेका सम्पूर्ण नेपालीलाई सहयोग गरिदिन पनि गल्कोट समाज जापानका अध्यक्ष दिलु खत्रीले अनुरोध गरेका छन् ।

 

वि.सं.२०७५ माघ २७ आइतवार १३:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...