Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

पश्चिम बङ्गालमा गोली हानी विधायकको हत्या



२७ माघ, कोलकाता ।  भारतको पश्चिम बङ्गाल राज्यमा अज्ञात व्यक्तिले गोली प्रहार गरेर एक विधायकको हत्या गरेका छन् ।
पश्चिम बङ्गालको सत्तारुढ दल त्रिणमुल कंग्रेसका तर्फबाट निर्वा्चित ३८ वर्षीय सत्यजित विश्वासको हत्या भएको प्रहरीले जनाएको छ । विधायक विश्वासको कसले हत्या गरेको हो भन्ने बारेमा अहिलेसम्म एकिन हुन सकेको छैन ।
पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातादेखि १२२ किलोमिटर टाढा पर्ने नाडिआ जिल्लाको ग्रामीण क्षेत्रमा शनिबार उहाँको हत्या भएको हो ।
गोली प्रहार भएको केही समयमै उहाँलाई नजिकैको अस्पतालमा पु¥याइएको भए पनि चिकित्सकहरुले तत्कालै मृत घोषणा गरेका थिए ।
सरस्वती पूजाको कार्यक्रममा सहभागी भएको बेला उहाँमाथि आक्रमण भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।
“कार्यक्रमका लागि बनाइएको मञ्चमा सांस्कृतिक कार्यक्रम गरिने भएपछि उनी तल झरेका थिए, त्यसलगत्तै उनीमाथि आक्रमण गरी हत्या भयो,” प्रहरीले जनाएको छ ।
त्रिणमुल कंग्रेसका जिल्ला अध्यक्ष गौरीशंकर दत्तले विश्वासको हत्याको आरोप भारतीय जनता पार्टीमाथि लगाउनु भएको छ । तर जनता पार्टीले भने उक्त आरोप अस्वीकार गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।