
२७ माघ काठमाडौ । बिभिन्न सेलिब्रिटीहरुका बीच किङ्सवेको राइजिङ मलमा रहेको चर्चित नायिका स्वेता खडकाकै हिमालयन जाभा कफीमा उनको जन्मदिन मनाइएको थियो ।
उनको जन्मदिन फेब्रुअरी ५ तारिख भए तापनि ब्यक्तिगत काम बिशेषले दिल्ली गएर ६ तारिख फर्किएको कारण जन्मदिन ७ तारिख मनाइएको थियो ।
उक्त कार्यक्रममा लुम्बिनी कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ, चर्चित दोहोरी गायिका मीना लामा, हास्य कलाकार सुबोध गौतम, चर्चित मोडल सुस्मा अधिकारी, गायक, रचनाकार एबं पत्रकार कपिल कस्पाल, पत्रकार रोजी गिरी, ब्यबसायी, लुम्बिनी कपिलवस्तु अभियान नेपालका सचिब एबं पत्रकार निलेश अधिकारी आदिको उपस्थिति थियो ।
त्यस्तै झरीका कारण कार्यक्रममा आउने प्रतिबद्धता
जनाएका कतिपय सेलिब्रिटी आउन सकेनन भने नेपाली दोहोरी गायनमा चर्चित अमेरिकी डा.अन्ना स्टिर, गायिका बानिका प्रधान र नेपाल आइडल सिजन २ की स्वस्तिका ढकाल
स्वास्थ्यका कारण र नेपाल आइडल सिजन १ की प्रमिला राई बिशेष कारणबस उपस्थित हुन सकेनन् । दुइजना पत्रकारहरु काम बिशेषले कार्यक्रममा उपस्थिति मात्रै जनाए । जन्मदिन मनाउनु अघि स्वेता खड्काले कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठलाई फूलको गुच्छा दिएर स्वागत गरेकी थिइन् ।
कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले आफ्नै जीवनमा आएको भयाबह अवस्थालाई पार गर्दै लाखौंं दर्शकको चाहनालाई पुरा गर्दै चलचित्रको दुनियाँँमा पुन ः फर्कने, आफ्ना ब्यवसायहरुलाई निरन्तरता दिंदै अझ अगाडि बढाउने मात्रै नभएर धेरैको दुखमा साथ दिंदै थुप्रै सामाजिक काममा लागेकी स्वेता खड्काले माझी बस्ती नै बनाउने जस्तो महान कार्य गरेर आफूलाई सबै नेपालीको लागि एउटा गौरबशाली उदाहरणीय महिलाको रुपमा प्रमाणित गर्न सफल स्वेताको जन्मदिनको उपलक्षमा संपूर्ण कार्यको सफलताको कामना गर्दै बर्षभरी नै सुखमय जीवन बितोस भन्ने शुभकामना ब्यक्त गरे ।
यस कार्यक्रममा उपस्थित सबैले शुभकामना ब्यक्त गर्ने क्रममा मीना लामा, रोजी गिरी र कपिल कस्पलले गीत गाएका थिए । भने हास्य कलाकार सुबोध गौतमले हसाउने प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।