
ताजै छ घर देशबाट परदेशिएको त्यो घडी !
बर्षौ कतै यतै अल्मलिए तोड्नै नसक्दा त्यो कडी !!
प्रगतिको अन्तरिक्षमा पुग्ने सबै अभिलाषा छोडी !
समय अनि बाध्यताको काँडेतारको बन्धन तोडी !!
सदाझैँ परभूमिबाट स्वदेशमा फर्किने चाहना !
प्रार्थना गर्दछु कहिलै नबनोस् यो अर्को बहाना !!
भौतिक सुख,सयल र मोज चाहिएन भो मलाई !
बसिन है हरपल पराई भै आफ्नै आत्मा जलाई !!
पर भूमीको अबलंव छोडीयो लौ धेरै बर्षपछि !
अतितका अद्भुत अनुभूतिहरूको यादमा बसी !!
आल्हादित हुँदै, धैर्यहीन बनी लागे स्वदेशतिर !
रत्तिभर छैन पर्वाह,पश्चाताप र मनमा पिर !!
फर्के म सदाका लागि दृढ बनी,चित्त विशुद्ध पारी !
भरिन्न कहिल्लै मानिसको जीवनमा लोभको भकारी !!