Logo
११ जेष्ठ २०७९, बुधबार
     Wed May 25 2022
E-paper
  English Edition
   Unicode
Logo

उद्यमशीलता सम्मेलनको तयारी पूरा



२७ माघ, काठमाडौ । सरकारसँगको साझेदारीमा नेपाल उद्योग परिसङ्घले आगामी बिहीबार राजधानीमा आयोजना गर्ने नेपाल उद्यमशीलता सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।

परिसङ्घले आज पत्रकार सम्मेलन गरेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मेलनको शुभारम्भ हुने तथा विशेष वक्ताका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई सम्बोधन गर्ने कार्यक्रम निर्धारण भएको बताएको छ ।

सातवटै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीले आ–आफ्ना प्रदेशका उद्यम–व्यवसायका सम्भावना र योजना अनि केन्द्रीय अर्थमन्त्रीले देशको अर्थतन्त्र उन्नयनका निम्ति भएका नीतिगत व्यवस्थाबारे सम्मेलनमा जानकारी दिने परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले बताए ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको सम्बोधनबाट समापन हुने सम्मेलनमा वरिष्ठ सरकारी अधिकारी, नीति निर्माता, कूटनीतिक नियोग, नेपालको विकासका साझेदारलगायत चारसय जनाभन्दा बढीले सभागिता सुनिश्चित भएको उनले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन्। स्थानीय तहमा पार्टीकाे

बिहेमा आफ्न्त तथा साथी भाइले दिएको उपहारको पोको खोल्ने क्रममा एक बेहुलाको दुवै आँखा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को जित सुनिश्चित भएको

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय