Logo
११ जेष्ठ २०७९, बुधबार
     Wed May 25 2022
E-paper
  English Edition
   Unicode
Logo

चारदिनदेखि हुम्ला एयरपोर्ट बन्द



२७ माघ, हुम्ला । दुर्गम हिमाली जिल्ला हुम्लामा सञ्चालित एकमात्र यातायात साधन हवाई सेवा चार दिनदेखि पूर्णरुपमा बन्द छ ।

बुधबार दिउँसोदेखि हिमपातसँगै चलेको हावाहुरीका कारण सिमकोट विमानस्थलमा हिउँ बाक्लो जमेका कारण हवाई उडान बन्द हुन पुगेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताए । लगातारको हिमपातले सिमकोट विमानस्थलको हिउँ पन्छाउने कार्य शनिबारदेखि शुरु गरिएको उहाँले जानकारी दिए ।

विमानस्थलको हिउँ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र एयरलाइन्सका कर्मचारीले पन्छाइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले बताए । बाक्लो हिउँका कारण जिल्ला बाहिर जोड्ने एकमात्र हवाई सेवा सञ्चालन नहुँदा पाँच दिनदेखि यात्रुले आवतजावत गर्न पाएका छैनन् । शनिबार दिउँसो १ बजेदेखि विमानस्थलको हिउँ पन्छाउन थालिए पनि हवाई सेवा सञ्चालनमा ल्याउन अझै दुई दिन लाग्ने भएको छ ।

हुम्लादेखि नेपालगञ्ज र सुर्खेत जाने यात्रु तथा नेपागञ्ज र सुर्खेतदेखि सिमकोट आवतजावत गर्ने यात्रुसहित अन्य सामग्री ढुवानी गर्न नसकिएकाले सिमकोटमा दैनिक उपभोग्य सामानको पनि अभाव देखिन थालेको उहाँले जानकारी दिनुभयो । खिरौला (सेतो चिनी) चार दिनसम्म हवाई उडान बन्द हुँदा सिमकोट विमानस्थलमै थन्किएको छ ।

विद्यालयको छाना उडायो

भारी हिमपातसँगै चलेको तीव्र हावाहुरीले एक दर्जनभन्दा बढी विद्यालयको छाना उडाएको छ । यही माघ ८ गतेदेखि पटक–पटक हिमपातपछि चलेको आएको हुरीले सदरमुकाम सिमकोटमै रहेको मानसरोवर मावि र साहारा समूहको छात्रावासको छानो उडाएको थियो ।

त्यसैगरी बरगाउँस्थित रलिङ मावि, खार्पुनाथ गाउँपालिका–१स्थित मालिका मावि, प्युसास्थित कैलाश आधारभूत विद्यालयका छाना उडाएको मानसरोवर माविका शिक्षक धनबहादुर ऐडीले बताए । उक्त माविको कक्षा १२ को सबै कक्षा कोठाको जस्ता हुरीले उडाएपछि कोठाभित्र करीब तीन फिट हिउँ जमेको र फाल्नसमेत समस्या भएको उहाँले जानकारी दिए । फरक क्षमता भएका बालबालिकाको बसोबास रहेको छात्राबासको छानो उडाएपछि विद्यार्थीलार्ई समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले बताए । अहिले छानो उडाएपछि फरक क्षमता भएका बालबालिका खुला आकाशमुनि बस्न बाध्य भएका छन् । उता लाली माविको दुईतले चार कोठा र कैलाश आधारभूत विद्यालयका आठ कोठाका छानो हुरीले उडाउँदा पठनपाठनमा समस्या भएकोे कैलाश माविका प्रधानाध्यापक भानुभक्त जैसीले जानकारी दिए ।

कोठामा राखिएका खाद्यान्न हिउँले भिजेकाले खाना पकाउनसमेत नहुने भएको छ । हिउँ र हुरीले विद्यालयको कार्यालय सञ्चालन गरेको कोठामा समेत क्षति पुगेको छ । यसैगरी स्थानीय बासिन्दाका टिनले छाएका घरका छानासमेत उडाएको छ । खार्पुनाथ गाउँपालिका–१ निवासी तेजबहादुर शाही, जीतबहादुर शाही र लुर्के शाहीको घरको छान उडाएको जितबहादुरले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा (एकिकृत समाजवादी) पार्टीका धनराज आचार्य विजयी भएका छन् ।

अबुधाबी । संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा रहेको एक रेस्टुरेन्टमा ग्यास सिलिन्डर विस्फोट हुँदा

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित पक्का जस्तै देखिएको छ ।

काठमाडौं । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा २५

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय