back

पश्चिम बङ्गालमा गोली हानी विधायकको हत्या

वि.सं.२०७५ माघ २७ आइतवार

429 

shares
GLOBAL IME AD
NTC AD

२७ माघ कोलकाता । भारतको पश्चिम बङ्गाल राज्यमा अज्ञात व्यक्तिले गोली प्रहार गरेर एक विधायकको हत्या गरेका छन् ।

पश्चिम बङ्गालको सत्तारुढ दल त्रिणमुल कंग्रेसका तर्फबाट निर्वाचित ३८ वर्षीय सत्यजित विश्वासको हत्या भएको प्रहरीले जनाएको छ । विधायक विश्वासको कसले हत्या गरेको हो भन्ने बारेमा अहिलेसम्म एकिन हुन सकेको छैन ।

पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातादेखि १२२ किलोमिटर टाढा पर्ने नाडिआ जिल्लाको ग्रामीण क्षेत्रमा शनिबार उनको हत्या भएको हो ।

गोली प्रहार भएको केही समयमै उहाँलाई नजिकैको अस्पतालमा पु¥याइएको भए पनि चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए ।

सरस्वती पूजाको कार्यक्रममा सहभागी भएको बेला उनीमाथि आक्रमण भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

“कार्यक्रमका लागि बनाइएको मञ्चमा सांस्कृतिक कार्यक्रम गरिने भएपछि उहाँ तल झर्नु भएको थियो, त्यसलगत्तै उहाँमाथि आक्रमण गरी हत्या भयो,” प्रहरीले जनाएको छ ।

त्रिणमुल कंग्रेसका जिल्ला अध्यक्ष गौरीशंकर दत्तले विश्वासको हत्याको आरोप भारतीय जनता पार्टीमाथि लगाउनु भएको छ तर जनता पार्टीले भने उक्त आरोप अस्वीकार गरेको छ ।

वि.सं.२०७५ माघ २७ आइतवार १७:०० मा प्रकाशित

म्यान्मामा सुकीको बङ्गलाको लिलामी चौथो पटक असफल

म्यान्मामा सुकीको बङ्गलाको लिलामी चौथो पटक असफल

याङ्गुन । म्यान्माका अधिकारीहरू मङ्गलबार आङ सान सुकीको तालको किनारको...

पाकिस्तानमा २२ वटा वातावरणीय नमूनामा पोलियो भाइरस रहेको पुष्टि

पाकिस्तानमा २२ वटा वातावरणीय नमूनामा पोलियो भाइरस रहेको पुष्टि

इस्लामावाद । पाकिस्तानका विभिन्न क्षेत्रबाट लिइएको २२ वटा वातावरणीय नमूनामा...

भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र

भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र

नयाँ दिल्ली । भारत सरकारले पहलगाममा भएको आतङ्ककारी आक्रमणपछि भारत...

रुसद्वारा दुई दशक यताकै उच्च २१ प्रतिशत ऋण लागत कायम

रुसद्वारा दुई दशक यताकै उच्च २१ प्रतिशत ऋण लागत कायम

मस्को ।  रुसको केन्द्रीय बैङ्कले बढ्दो मुद्रास्फितिसँग जुध्नका लागि शुक्रबार...

ब्राजिलका   पूर्वराष्ट्रपति ७५ वर्षीय कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ

ब्राजिलका  पूर्वराष्ट्रपति ७५ वर्षीय कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ

ब्रासिलिया ।  ब्राजिलका पूर्वराष्ट्रपति फर्नान्डो कोलर डी मेलोलाई भ्रष्टाचार र...

करका विषयमा चिनियाँ राष्ट्रपति सीसँग कुरा गरेको ट्रम्पद्वारा जानकारी 

करका विषयमा चिनियाँ राष्ट्रपति सीसँग कुरा गरेको ट्रम्पद्वारा जानकारी 

वासिङ्टन ।   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङसँग...