back

सिंगापुरमा एचआईभीसम्बन्धी गोप्य विवरण सार्वजनिक

वि.सं.२०७५ माघ २७ आइतवार

465 

shares
GLOBAL IME AD
NTC AD

२७ माघ, सिंगापुर । रिकोलाई एचआईभी भएको एक दशक भइसक्यो । सामाजिक व्यवहार गोप्य राख्न रुचाउने सिंगापुरमा उनलाई एचआईभी भएको बारेमा केही निकट व्यक्तिलाई मात्र थाहा थियो । गत महिना उनलाई एउटा फोन कल आयो । ती व्यक्तिले आफ्नो व्यक्तिगत जानकारी अनलाइनमा सार्वजनिक भएको जानकारी दिए ।

रिको एक प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्तै एचआईभी भएका १४ हजार २०० जनाको स्थिति, नाम र ठेगाना एक जना अमेरिकीले इन्टरनेटमा राखिदिएको पत्ता लागेको छ । सिंगापुरका एक जना वरिष्ट चिकित्सक साथीबाट प्राप्त गरेको गोप्य विवरण ती अमेरिकीले अनलाइनमा राखेको विश्वास गरिएको छ ।

“यो कार्यबाट एलजीबीटी समुदायका व्यक्ति सबैभन्दा बढी क्रुद्ध भएका छन्,” ३१ वर्षीय रिकोले बताए । उनी आफ्नो पूरा नाम भन्न चाहन्नन् । अनलाइनमा गोप्य विवरण राखिएपछि आत्तिएका उनले भने, “मलाई हेर्ने अरु मानिसको दृष्टिकोणमा अब परिवर्तन आउन सक्छ ।” उनले आफ्ना सबै साथीलाई आफू एचआईभी–पोजेटिभ भएको बताएका थिएनन् ।

“एलजीबीटी भएका व्यक्तिमाथि समुदाय सहिष्णु पनि हुनसक्ला तर यहाँको समुदाय एचआईभी–पोजेटिभ भएका व्यक्ति र समलिङ्गीलाई स्वीकार्न तयार हुँदैन । कम्तीमा मेरो जीवनकालमा यो सम्भव छैन,” उनले दुःखेसो पोखे ।

सिंगापुर धेरै रुपमा आधुनिक छ तर यहाँको सामाजिक परिदृश्य आर्थिक विकास झैं त्यही गतिमा परिवर्तन भएको छैन र कतिपय अवस्थामा ज्यादै रुढीबादी धारणाबाट आक्रान्त छ । एसियाका अरु देशजस्तै अवस्था यहाँको छ ।

सिंगापुरमा एचआईभी भएकाले पटकपटक आफ्ना गोप्य विवरण सार्वजनिक हुने खतरा औंल्याउँदै आएका थिए । सिंगापुरको प्रभावशाली अखबार स्ट्रेट टाइम्समा दिएको प्रतिक्रियामा एक कामदारले आफूलाई पनि एचआईभी भएको विवरण सार्वजनिक भए जागीरबाट हटाउने व्यवस्थापनले धम्की दिएको बताइन् ।

एचआईभी भएका कुनै पनि विदेशीलाई सिंगापुरमा धेरै वर्षअघिसम्म पाइला टेक्न पनि दिइन्नथ्यो । सन् २०१५ मा विदेशीमाथिको त्यस्तो प्रतिबन्ध फुकुवा गरियो तर भ्रमणको अवधि छोटो बनाइन्थ्यो । सिंगापुरमा काम गर्न चाहने सबै विदेशीले स्वास्थ्य परीक्षणमा सफल हुनैपर्ने व्यवस्था थियो ।

करिब ५६ लाख जनसंख्या रहेको सिंगापुरमा धेरै विदेशी काम गर्दछन् । यी कामदारमा धनाढ्य बैंकर्सदेखि निर्माण साइटमा काम गर्ने मजदूरसम्म रहेका छन् ।

इन्टरनेटबाट सार्वजनिक भएको एचआईभी सम्बन्धी विवरणमा पाँच हजार ४०० सिंगापुरका बासिन्दा र आठ हजार ८०० जना विदेशी रहेका छन् । सिंगापुरको एनजीओ एक्सन फर एड्स (एएफए)की कार्यकारी निर्देशक सुमिता बनर्जीले पीडितहरुले रुँदै आफ्नो संस्थामा सम्पर्क गरिरहेको बताइन् ।

“एउटा मुख्य सरोकारको विषय नै यसअघि एचआईभी भएको बारेमा जानकारी नपाएका रोजगारदाता, साथीभाइ र परिवारको हो जसले यो समाचार आएलगत्तै क्रुद्ध प्रतिक्रिया दिने सम्भावना छ,” उनले भनिन् । केहीले यही कारण जागीर नै गुमाउनुपर्ने खतरा बढेको छ, उनको भनाइ छ ।

स्वास्थ्य अधिकारीले जारी गरेको निर्देशिका बमोजिम कुनै पनि रोजगारदाताले एचआईभी–पोजेटिभ भएका व्यक्तिलाई रोजगारबाट हटाउन पाइन्न ।

सिंगापुरका अधिकारीहरुले इन्टरनेटमा राखिएका व्यक्तिका गोपनीय जानकारीको पहुँच नदिन काम थालिसकेको जनाएका छन् । अधिकारीले एक शंकास्पद व्यक्ति मिखी फरेरा ब्रोचेजले गोप्य विवरण अनलाइनमा राखेको बताएका छन् । ती व्यक्तिसँग गोपनीय रेकर्ड अझै हुनसक्ने बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमले ब्रोचेजलाई संयुक्तराज्य अमेरिकामा पक्राउ गरिएको जनाएका छन् तर उनले गोप्य विवरण इन्टरनेटमा नराखेको दाबी गरेका छन् ।

एचआईभी–पोजेटिभ मनोविज्ञानवेत्ता ब्रोचेज सन् २००८ मा पहिलोपटक सिंगापुर आएका थिए । उनले आफ्ना साथी चिकित्सक लर टेक सियाङको रगत लिएर रक्त परीक्षणमा सफल देखाएका थिए । त्यही आधारमा उनी सिंगापुरमा बस्न पाएका थिए । तिनै साथीबाट ब्रोचेजले एचआईभी पीडित व्यक्तिका गोप्य विवरण प्राप्त गरेका थिए ।

सन् २०१६ मा प्रहरीले गोप्य सूचनाका आधारमा ब्रोचेज र लरको निबासमा छापा मारेर कागजातहरु, एउटा ल्यापटप र मोबाइल फोन बरामद गरेको थियो ।

ब्रोचेजलाई अन्ततः आफ्नो एचआईभी विवरणबारे झुटो विवरण दिएको, नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको, गैरकानुनीरुपमा रोजगारीमा प्रवेश गरेको तथा लागूऔषध सेवन गरेको आरोपमा जेलमा समेत राखिएको थियो ।

सिंगापुर सरकारले सन् २०१८ मा ब्रोचेजलाई स्वदेश फर्काएको थियो तर उनीबारे अधिकारी अनभिज्ञ थिए । अहिले तिनै ब्रोचेजले सबै विवरण इन्टरनेटमा राखिदिए । यद्यपी अधिकारीले ब्रोचेजले किन गोप्य विवरण इन्टरनेटमा राखे भन्ने कुनै विवरण दिन अस्वीकार गरेका छन् ।

सिंगापुर सरकारले एचआईभी–पीडितलाई सहयो गर्न पूर्णसहयोग गर्ने स्पष्ट गरेको छ ।

वि.सं.२०७५ माघ २७ आइतवार १७:०३ मा प्रकाशित

पोप फ्रान्सिसको निधन : भ्याटिकन

पोप फ्रान्सिसको निधन : भ्याटिकन

भ्याटिकन सिटी । पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन...

इस्टर युद्धविरामपछि रुसले पुनः हवाई आक्रमण सुरु गर्यो : युक्रेन

इस्टर युद्धविरामपछि रुसले पुनः हवाई आक्रमण सुरु गर्यो : युक्रेन

किएभ । मस्को र किएभले एकअर्कामाथि इस्टर युद्धविराम उल्लङ्घन गरेको...

बढ्यो चीनको विद्युत् उत्पादन क्षमता

बढ्यो चीनको विद्युत् उत्पादन क्षमता

बेइजिङ । चीनको कुल विद्युत् उत्पादन क्षमता चालु वर्षको सन्...

अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण

अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण

न्युयोर्क । हजारौँ प्रदर्शनकारीले शनिबार न्यूयोर्क, वासिङ्टन र संयुक्त राज्य...

सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको किएभको भनाइ

सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको किएभको भनाइ

किएभ ।  किएभले शुक्रबार रुससँगको युद्धमा मारिएका सयौँ युक्रेनी सैनिकको...

सन् २०२५ चीनको अन्तरिक्ष  अभियान : के तयारी गर्दैछ चीन ?

सन् २०२५ चीनको अन्तरिक्ष  अभियान : के तयारी गर्दैछ चीन ?

बेइजिङ  । चीनले सन् २०२५ मा धेरै महत्वपूर्ण अन्तरिक्ष अभियानहरू...