Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

भित्री चत्रपथ निर्माण गरिँदै



२७ माघ, तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकाले भित्री चक्रपथ निर्माण शुरु गरेको छ । उपमहानगरपालिकाभित्र २२.५ किमी लामो चक्रपथ निर्माण थालेको हो ।

नगरप्रमुख घनश्याम पाण्डेका अनुसार चालू आर्थिक वर्षभित्र उपमहानगरपालिकाका–७ राजापुरदेखि तुलसीपुर–३ गोठीखोलासम्म पहिलो चरणमा निर्माण सम्पन्न गरिनेछ । भित्री चक्रपथका लागि आव २०७३/७४ मा उपमहानगरले विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार पारेको थियो । सोहीअनुरुप कामको शुरुआत गरिएको शहरी विकास तथा भवन कार्यालय घोराहीका इञ्जिनीयर नारायण वलीले जानकारी दिए ।

चालू आवमा चक्रपथको कालोपत्रे र अन्य विभिन्न संचरना निर्माणका लागि रु तीन करोड प्रदेश सरकारले विनियोजन गरेको थियो । राजपुरबाट आँखा अस्पताल हुँदै गोठीखोलासम्म यस वर्ष काम हुने छ । भित्री चक्रपथले तुलसीपुरका वडा नं ७, ६, ४, ३, ९ र १० लाई समेट्ने छ । चक्रपथ सात मिटर चौडाइको हुनेछ । भित्री चक्रपथमा पर्ने ५०० मिटर सठक गत आवमै कालोपत्रे भइसकेको तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनीयर पवनकुमार योगीले जानकारी दिए । “चक्रपथको काम वहुवर्षीय योजनाअन्र्तगत भइरहेको छ; उनले भने ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन