
२८ माघ काठमाडौ । चार पूर्वप्रधानमन्त्रीसहित संघीय संसद्का ४४ सांसदका स्वकीय सचिव पिएको तलब दुई महिनादेखी रोकिएको छ । उनीहरुले बैंक खाता नम्बर उपलब्ध नगराएपछि संसद् सचिवालयले तलब रोकेको हो ।
३३४ मध्ये २६२ सांसदका पिएको तलब भने उनीहरुकै खातामा जान थालेको छ । २५ मन्त्री र फैजदारी अभियोगमा थुनामा रहेका सांसद रेशमलाल चौधरीको पारिश्रमिक भने सचिवालयले उपलब्ध गराउनुपर्दैन ।
संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा सांसद तथा पदाधिकारीका पिएले आफ्नै खातामा पारिश्रमिक पाउने व्यवस्था छ । सोमबारको नयाँ पत्रिका दैनिक कृष्ण कट्टेल बाट ।