२८ माघ, हेफेल, चीन । चीनको पूर्वी प्रान्त आनहुईमा दुई भिन्नाभिन्नै सडक दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार बताएका छन् । घटनामा नौ जना अन्य व्यक्ति घाइते भएका छन् ।
आन्हुईको युएक्सी उहान द्रुतमार्गमा आइतबार बिहानै भएको गाडी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् भने लुजिहाङ जिल्लाको हेफेईमा बिहान करीब ८ः११ बजे एक मिनिबस र कार आपसमा जुध्दा भएको दुर्घटनामा छ जनाको मृत्यु भएको छ ।
सडकमा हल्का हिउ परेको र बर्षाका कारण गाडीहरू चिप्लिएर दुर्घटना भएको हुनसक्ने बताइएको छ ।