back

ट्र्याक खुलेको बाह्र वर्षमा पनि सडक बनेन

वि.सं.२०७५ माघ २८ सोमवार

594 

shares
GLOBAL IME AD
NTC AD

२८ माघ, जाजरकोट ।  जाजरकोटको खलङ्गा –पाँचकाटीया २३ किलोमिटर सडकको ट्र्याक सडकमार्ग खुलेको १२ वर्ष बित्यो । तर सम्बन्धित निकायले खलङ्गा –पाँचकाटीया सडकमा यातायात सञ्चालन गर्न ध्यान दिएको छैन् । सडक विभाग, भेरी नगरपालिकालगायत निकायले सडकको मर्मत सुधारमा बेवास्ता गर्दा यात्रुलाई सास्ती भएको छ ।

कुशे गाउँपालिका र बारेकोट गाउँपालिकाका बासिन्दालाई आवतजावतमा सास्ती भइ रहेको छ । हिउँदमा धुलाम्मे तथा बर्खा लागे हिलाम्मे हुने सडकका कारण जनताले सास्ती खेप्नुपरेको छ । यो सडकमा मोटरसाइकलसमेत पार गर्न मुस्किल हुने गरेको कृषि प्राविधिक यज्ञबहादुर रोकायले बताए ।

करोडौँ खर्च गरेर निर्माण गरेको उक्त सडकमा छ महीना पनि यातायात सञ्चालन हँुदैन । सडकको ट्र्याक खुलेकै वर्षौ बित्यो, तर स्थानीयवासीले यातायातको सुविधा पाउन सकेका छैनन् । सडक यातायात सञ्चालन नहुँदा दुर्गम गाउँमा खाद्यान्नका साथै दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या भएको भेरी नगरपालिका–२ बाहुनथान स्थानीय व्यापारी टिकाराम खड्काले बताए ।

डिभिजन सडक कार्यालय चौरजहारीले सडकको स्तरोन्नतितर्फ बेवास्ता गर्दा वर्षेनी स्थानीयवासीले सास्ती खेप्नुपरेको उनले बताए । दर्जनौँ स्थानमा घुम्ती तथा ग्रेडिङ नमिल्दा सडकमा यातायात सञ्चालन हुननसकेको हो । पर्यटन र कृषि उत्पादनका हिसाबले महत्वपूर्ण मानिने यो सडकको छिटो स्तरोन्नति र निर्माण सम्पन्न हुनुपर्ने स्थानीयवासीको माग छ । खलङ्गादेखि पाँचकाटीया, पंैक, ब्याउली ढुङ्गा र बारेकोट गरी दुवैतिरबाट जुम्ला जोड्ने सडक हो यो ।
सडक मर्मत गरेर यातायात सञ्चालन गर्न सडक डिभिजन र भेरी नगरपालिकाले बेवास्ता गर्दा बूढाबूढी, बिरामीलगायत सयौँ यात्रुलाई दैनिक सास्ती भएको पाँचकाटीयाका व्यापारी चक्रबहादुर थापाले बताए ।

वि.सं.२०७५ माघ २८ सोमवार ११:१७ मा प्रकाशित

कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया...

नेप्से परिसूचकमा १५ अङ्कको गिरावट

नेप्से परिसूचकमा १५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

अनुमति विना गुज्जरगानो निकासी नगर्न गल्याङ नगरपालिकाको अनुरोध

अनुमति विना गुज्जरगानो निकासी नगर्न गल्याङ नगरपालिकाको अनुरोध

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले अनुमति विना गुज्जर गानो र...

बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने

बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने

काठमाडौं । विश्व शान्तिका अग्रदूत भगवान् बुद्धको २५६९औँ जन्मजयन्तीका अवसर...

यार्सागुम्बा सङ्कलन थालियो

यार्सागुम्बा सङ्कलन थालियो

मनाङ । मनाङमा यार्सागुम्बा सङ्कलन थालिएको छ । मनाङसँगै लमजुङ,...

वर्षाले फुल्न लागेको स्याउका बोटमा असर, उत्पादन कम हुने प्रक्षेपण

वर्षाले फुल्न लागेको स्याउका बोटमा असर, उत्पादन कम हुने प्रक्षेपण

मुस्ताङ । वर्षाले यहाँका फूल्न लागेको स्याउको बोटमा असर पुर्याएको...