Logo
५ जेष्ठ २०७९, बिहीबार
     Thu May 19 2022
E-paper
  English Edition
   Unicode
Logo

 झिटि गुन्टा कडाइप्रति एनआरएनए ओमानको ध्यानाकर्षण



२८ माघ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ओमानले केही साता देखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको झिटि गुन्टा कडाइप्रति संघका केन्द्रीय अध्यक्ष भवन भट्टको ध्यानाकर्षण गराएको छ ।

संघले अकस्मात रुपमा गरिएको यस्तो कडाइले विदेशमा रहेका नेपालीमा एक प्रकारको आतंक नै र्सिजना भएको भन्दै एनआरएनए आइसीसीको तर्फबाट यस सम्बन्धमा सम्बोधन गरी सरकारको ध्यानाकर्षण गराइदिन अनुरोध गरेको छ ।

‘बैदेशिक रोजगारीमा रहने नेपालीहरु देशको आर्थिक शैनिकहरु हुन । जसले देशको अर्थतन्त्रलाई धानिरहेको यर्थाथ हामी सामु छ । यद्यपि वैदेशिक रोजगारीमा रहने नेपालीहरुलाई नेपाल अध्यागमनबाट आवत जावत गर्दा सुखानुभुति अनुभव गर्न सकिरहेका छैनन्,’ संघका अध्यक्ष दिपक श्रेष्ठ र महासचिव पुर्ण बहादुर श्रेष्ठद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘वास्तवमा अर्थतन्त्र धान्ने यि आर्थिक सैनिकलाई सरकारले स–सम्मान आवत जावत गर्ने वातावरण मिलाइदिनु पर्नेमा अझ विभिन्न तरिकाबाट प्रहार, शोषण र अन्याय भइरहेको छ । अत : हामी यहि क्षेत्रमा रहेका र यहि क्षेत्रलाई सम्मानित र मर्यादित बनाउने उद्धेश्यका साथ लागि परेकाले यस झिटि गुन्टा नियम सम्बन्धी अध्यागमनबाट हालसालै सुरु गरिएको अनावस्यक सामान जफत गरिने प्रक्रिया गलत भएको हाम्रो बुझाई छ । यसर्थ एनआरएनए आइसीसीको तर्फबाट यस सम्बन्धमा सम्बोधन गरी सरकारको ध्यानाकर्षण गराइदिनु हुन हामी हार्दिक अनुरोध गर्दछौं ।’

त्यस्तै संघले विभिन्न बुँदाहरुमा सरकारको ध्यानाकर्षण गराएको छ ।

१– झिटि गुन्टा सम्बन्धको नियमलाई समय सापेक्ष अन्तराष्ट्रिय नियम अनुसार परिमार्जन गर्नुपर्ने ।
२-व्यक्तिगत प्रयोजन वा प्रयोग गरिएका सामग्रीहरु बिना झन्झट पुर्ववत् नियम अनुसार ल्याउन÷लैजान पाउनुपर्ने ।
३–बैदेशिक रोजगारी सम्बन्धी कुनैपनि नियम कानुन परिवर्तन भएको खण्डमा ३ महिना अगावै सम्बन्धीत सबैमा जानकारी गराउनु पर्ने र विदेशस्थित नियोगमार्फत् सो देशमा रहेका नेपालीहरुलाई जानकारी गराउनुपर्ने । आजै नियम तर्जुमा गरी भोली देखिनै प्रवृत्तिको अन्त्य गरिनुपर्छ ।
४–कथम् कदाचित कसैले तोकिएको भन्दा बढी समान लिएर आएको खण्डमा त्यसलाई जफत नगरी नियमअनुसार भन्सार तिरेर लैजान पाउने व्यवस्था गरिनुपर्ने ।(अपराधिक कार्य जस्तो गरी सामग्री नै जफत गर्नु आवस्यक छैन् ।)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गोरखाका ११ पालिकामध्ये बिहीबारसम्म १० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको गृहपालिकामै एमाले पराजित भएको छ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्