Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

अचानक किन गए पेन्टागनका कार्यबाहक प्रमुख काबुल ?



२८ माघ, काबुल ।  अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनका कार्यकारी प्रमुख प्याट्रिक शनाहान अचानक अफगानिस्तान पुगेका छन् ।

संयुक्तराज्य अमेरिकाले अफगान सरकार र युद्धरत तालिबान लडाकूसँग शान्ति वार्ताको प्रयास जारी राखेको अवस्थामा शनाहानको यो आकस्मिक भ्रमण भएको हो । शनाहानले आफगानिस्तानका राष्ट्रपति अस्रफ घानीसँग भेटवार्ता गर्ने छन् ।

त्यस वार्ताको मुख्य एजेन्डा गत महीना अमेरिका र तालिबान लडाकूबीच भएको वार्ता हुने बताइएको छ । अफगानिस्तानमा १७ वर्षयता अफगान सरकार र तालिबान लडाकूबीच जारी द्वन्द्व समाधानको लागि अमेरिकाले मध्यस्थताको कार्य गर्दै आएको छ ।

तालिबान लडाकू समूहले काबुल प्रशासनलाई अमेरिकी “कठ्पुतली” भनी आरोप लगाउने गरेको छ । तर पनि अफगान राष्ट्रपति घानीका समर्थकहरु तथा मित्रराष्ट्रहरुले तालिबानसँगको शान्ति प्रक्रियामा अफगानीहरुको मुख्य भूमिका हुनुपर्ने बताएका छन् ।

तालिबान लडाकू समूहले अफगान राजनीतिज्ञको उच्चस्तरीय प्रतिनिधिमण्डललाई गत हप्ता मस्कोमा भेटवार्ता गरेको थियो । सो भेटवार्तामा देशको भविष्य र शान्तिको लागि सम्भावित मार्गको विषयमा छलफल भएको थियो ।

केही समय अघिदेखि नै अफगानिस्तानमा शान्ति वार्ताका लागि प्रयासहरु भएका छन् । ती प्रयासहरु आजसम्म साकार हुन नसकिरहेको भए पनि अमेरिकाले भने अफगान राष्ट्रपति घानीले नै शान्ति प्रक्रियाको नेतृत्व गर्नुपर्ने बताउँदै आएको छ ।

यस पटकको पेन्टागनका कार्यबाहकको काबुल यात्राका क्रममा पनि यस विषयले चर्चा पाउने अनुमान गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा