back

नेविसङ्घ अध्यक्ष महरले देउवालाई बुझाए राजीनामा(विज्ञप्तीसहित)

वि.सं.२०७५ माघ २८ सोमवार

177 

shares
NTC AD
Global IME AD


२८ माघ,काठमाडौँ। नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अध्यक्ष पदबाट राजिनामा दिएका छन् ।

अध्यक्ष महरले आज काङ्ग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजिनामा बुझाएको काङ्ग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए। सभापति देउवाले अध्यक्ष महरलाई हालसम्म गरेको कामका लागि धन्यवाद दिँदै आजै राजिनामा स्वीकृत गरेका छन् ।

सङ्घको वर्तमान कार्यसमितिको म्याद यही माघ २ गते समाप्त भइसकेको अवस्थामा अध्यक्ष महरले राजिनामा दिएका हुन् । सङ्घको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको थियो ।
त्यसपछि दुई पटक गरी पाँच महिना समयावधि थप भएको थियो ।

यस अघि काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सङ्घको कार्यसमिति सम्बन्धमा समयावधि थप बढाई महाधिवेशन गर्न दिने वा नयाँ तदर्थ समिति बनाउने भन्ने विषयमा छलफल भएको थियो । अध्यक्ष महरको राजिनामा स्वीृकत भएसँगै सङ्घको महाधिवेशन गर्नका लागि काङ्ग्रेसले सङ्घको नयाँ तदर्थ समिति बनाउने तयारी गरेको छ ।

 

वि.सं.२०७५ माघ २८ सोमवार १८:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत प्राप्त्...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन...

पर्वतका ७० बनमा आगलागी, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वतका ७० बनमा आगलागी, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत ।  यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन...

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग हो : मन्त्री भण्डारी

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग हो : मन्त्री भण्डारी

  काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका...