२९ माघ काठमाडौ । राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था एनजिओ\आइएनजिओ दर्तामा सरकारी नीति खुकुलो बनाउने तयारी भएको छ । संस्था दर्ता ऐन २०३४ राष्ट्रिय निर्देशन ऐन २०१८, समाज कल्याण ऐन २०४९ लाई समायोजन गरी सामाजिक संस्था ऐन २०७५ मार्फत एनजिओ आइएनजिओ दर्ता खुकुलो बनाउन लागेको हो । सरकारले स्थानीय तह, प्रदेश र संघ गरी तीनै तहमा दर्ता गर्न पाउने गरी दर्ता प्रक्रिया सहज बनाउँदै ऐनको मस्यौदा तयार भएको हो । सो मस्यौदाअनुसार स्थानीय तह, प्रदेश र संघ तीन तहमै संघसंस्था दर्ता हुन सक्ने र उनीहरुको नवीकरण सोही तहबाट हुनेछ । मंगलबारको नागरिक दैनिक टपेन्द्र कार्की बाट ।